शिबराज पन्थी बुधबार, चैत्र ११, २०७७

दाङ । गढवा होटल व्यवसायी संघले गढवाको शान्तिपुरका अग्नीपिडित ३ घर परिवारलाई बुधवार पिडितहरुको गाउँमै पुगेर खाद्यान्न राहात हस्तान्तरण गरेको छ । संघका अध्यक्ष दयाराम थापा, सचिव तिलक पुन, बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेय, सहसचिव नारायण ओली,कोषाध्यक्ष दुखराम चौधरी र सदस्य कृष्णकुमार अधिकारी तथा सल्लाहकार शिबराज पन्थी लगायतको टोलीले गढवा ७ शान्तिपुरमा पुगी ६ हजार बराबरको खाद्यान्न पिडित परिवारलाई वितरण गरेको हो ।

गत फागुन १६ गतेका दिन गढवा ७ शान्तिपुर निवासी कर्णबहादुर राना, मिना राना र मनिराम रिजालको घर तथा गोठमा आगलागि भै ठूलो परिमाणमा क्षति भएको थियो । पिडित परिवारलाई हालसम्म गढवा गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी, गढवा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र गढवा होटल ब्यवसायी संघ र सरस्वती आधारभूत बिद्यालय चन्दनपुरले राहात उपलब्ध गराइसकेको पिडितहरुले जानकारी दिए । पिडितहरुले पुर्नवासको ब्यवस्थापनका लागि गढवा गाउँपालिका,चन्दनपुर सामुदायिक वन लगायतका निकायहरुमा अनुरोध गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]