
Rsbus
bpmhl
Gis
Ksbus
Ksbus
Ses
Gsbus
Lsbus
Ksbus
Gis
Gms
Ssbus
Gss
Gsbus
Bsbus
Ssbus
Gis
Lsbus
Gsl
Pbu

Gst
Ksm
Rgs
Wsp
Rgu
Asm
Rsb
Ssm
Pvg
Rgu
Ggd
Tsm
Sbs
Bbbpu
Hal
Bbu
Vor
Sls
nsb

Mks
Pls
bbt
Jmb
Bml
Ptm
Jmb
sab
Rmb
Abd
Syp
Gsb
Rpp
दाङ । बाह्रौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङको लमहीमा विशेष योग कार्यक्रम सम्पन्न भएको छ । पतञ्जली योग नगर समिति लमहीको आयोजनामा सम्पन्न कार्यक्रममा योग साधक, स्वास्थ्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले योगले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले “जसले गर्छ योग, त्यो मान्छे बन्छ निरोग” भन्ने नारालाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्दै स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरु कुनै हुन नसक्ने धारणा व्यक्त गरिन् ।
उपप्रमुख योगीले बदलिँदो जीवनशैली,असन्तुलित खानपान, अनियमित निद्रा,शारीरिक गतिविधिको कमी तथा मानसिक तनावका कारण विभिन्न रोगहरु बढ्दै गएको उल्लेख गर्दै दैनिक जीवनमा योगलाई समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नियमित योग अभ्यासले मानिसलाई स्वस्थ, ऊर्जावान र सकारात्मक बनाउने बताइन् ।
कार्यक्रममा सहभागी योग प्रशिक्षकहरुले योगका विविध आसन, प्राणायाम तथा ध्यान अभ्यास प्रदर्शन गरेका थिए । उनीहरुले योग शारीरिक व्यायाम मात्र नभई सम्पूर्ण जीवनशैलीलाई सन्तुलित बनाउने वैज्ञानिक विधि भएको बताएका थिए ।
विशेषज्ञहरुका अनुसार नियमित योग अभ्यासबाट शरीर लचिलो र बलियो बन्नुका साथै रक्तसञ्चार प्रणाली सुधार हुन्छ । योगले मुटुसम्बन्धी रोग, मधुमेह,उच्च रक्तचाप,मोटोपना तथा अन्य दीर्घरोगहरुको जोखिम कम गर्न सहयोग पुर्याउँछ । यसका अतिरिक्त योगले फोक्सोको क्षमता वृद्धि गर्ने,पाचन प्रणालीलाई सुदृढ बनाउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ ।
त्यस्तै,मानसिक स्वास्थ्यका दृष्टिले पनि योग अत्यन्त लाभदायी मानिन्छ । नियमित योग र ध्यानले तनाव,चिन्ता तथा अवसाद कम गर्न मद्दत गर्छ । योग अभ्यासले मनलाई शान्त,एकाग्र र सकारात्मक बनाउने भएकाले विद्यार्थी,कर्मचारी, व्यवसायी तथा ज्येष्ठ नागरिक सबैका लागि उपयोगी रहेको प्रशिक्षकहरुले बताएका छन् ।
आजको व्यस्त जीवनशैलीमा अधिकांश मानिस विभिन्न मानसिक र शारीरिक समस्याबाट पीडित भइरहेका बेला योग एउटा प्राकृतिक उपचार पद्धतिको रुपमा स्थापित हुँदै गएको छ । औषधिमा निर्भरता कम गर्दै स्वस्थ जीवनशैली अपनाउन योग प्रभावकारी माध्यम बन्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
कार्यक्रममा दर्जनौँ योग साधकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय योग दिवसले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो ।
हरेक दिन केही समय योगका लागि छुट्याउन सके शारीरिक तन्दुरुस्ती,मानसिक शान्ति र दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त गर्न सकिने भन्दै कार्यक्रमका वक्ताहरुले सबै नागरिकलाई नियमित योग अभ्यास गर्न आग्रह गरेका छन् ।
