
Ssbus
Ksbus
Ksbus
Gss
Gsbus
Gms
Ssbus
Nssbush
Ssbus
Ksbus
Gsbus
bpmhl
Gis
Ksbus
Pbu
Gsbus
Lsbus
Rsbus
Ses
Gis

Ggd
Wsp
Tsm
Bbu
Rgu
Vor
Rgs
Hal
Ssm
Rsb
Gst
Ksm
Sls
nsb
Pvg
Bbbpu
Sbs
Asm
Rgu

Rpp
Rmb
Pls
Gsb
Syp
Jmb
Mks
bbt
Jmb
sab
Ptm
Bml
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ लाई सफा,स्वच्छ र प्लास्टिकमुक्त वडा बनाउने उद्देश्यसहित टोल–टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
सोही अभियान अन्तर्गत वडा नं. ३ को ६५ नं., बसन्तपुर, खुरूरीया, मसुरिया ठुलो गल्ली, प्रगतिनगर टोल र सिरिचाैर मसुरियामा सरसफाइ सम्बन्धी जनचेतनामूलक भिडियो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । आशाका किरण संस्था र राप्ती गाउँपालिका वडा नम्बर ३ को लागत साझेदारीमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रोजेक्टर मार्फत सरसफाइ, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण तथा खुला स्थानमा फोहोर फाल्ने र जलाउने कार्यका असरबारे जनचेतनामूलक भिडियो प्रदर्शन तथा प्रस्तुतीकरण गरिएको थियो । अभियान मार्फत समुदायमा कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने, प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने तथा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिएका छन् । ६ वटा टोलमा गरि करिव १ हजार भन्दा बढी स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो । अभियानका क्रममा सरसफाइका विषयमा संस्थाका सल्लाहकार माधव खनाल, प्रेस संयोजक ओमप्रकाश गुप्ता, शुभेच्छुक धुव्र बेल्वासे र संस्थाकि सचिव पवित्रा विश्वकर्माले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सूर्यकिरण केसी,अध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल (लोकु),सचिव पवित्रा विक,कोषाध्यक्ष ममता गिरी,सदस्य सिर्जना खड्का,प्रेस संयोजक ओमप्रकाश गुप्ता, सल्लाहकार माधव खनाल,शुभेच्छुक धुव्र बेल्वासे सहित वडा सदस्यहरू,टोल विकास संस्थाका पदाधिकारी,गाउँका अगुवा र स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
