
Nssbush
Gis
Ksbus
Gsbus
Pbu
Gms
Gis
Lsbus
Gis
bpmhl
Gsl
Ssbus
Rsbus
Ssbus
Ksbus
Ses
ebg
Ssbus
Bsbus
Ksbus

nsb
Gst
Bbu
Ggd
Sbs
Rgu
Wsp
Ssm
Sls
Rgs
Vor
Pvg
Rgu
Rsb
Hal
Bbbpu
Tsm
Asm
Ksm

Jmb
Abd
Pls
sab
bbt
Rpp
Jmb
Ptm
Bml
Syp
Mks
Gsb
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण बिहीबार मसुरियामा सम्पन्न भएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम), कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम परियोजना संयोजक रिखिराम हरिजनको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपाध्यक्ष चौधरीले अल्पसंख्यक तथा लोपोन्मुख समुदायका अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउँदै स्थानीय सरकार सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
त्यसैगरी परियोजना संयोजक हरिजनले परियोजनाअन्तर्गतका गतिविधि, उपलब्धि, खर्च विवरण तथा प्रभावबारे जानकारी प्रस्तुत गरेका थिए । सामाजिक परीक्षणका क्रममा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिताबारे समीक्षा गर्नुका साथै सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो ।
पीबीआई नेपाल तथा जर्मनीको सिभिल पिस सर्भिसको सहयोगमा सञ्चालित उक्त परियोजनाले अल्पसंख्यक तथा लोपोन्मुख समुदायको अधिकार संरक्षण र राज्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्य लिएको छ । जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रमकाे सहजीकरण सुशील बस्नेतले गरेका थिए ।
