
mbd
Pbu
Gisld
Rbs
Gmk
Mbdvs
Sds
Ksm
Anm

Sls
Rgs
Wsp
Tsm
Bbu
Rgu
Ksm
Pvg
Rsb
Sbs
Asm
nsb
Ggd
Gst
Bbbpu
Vor
Hal
Ssm
Rgu

Pls
sab
Jmb
Abd
Jmb
Mks
Rpp
Rmb
Gsb
Bml
Ptm
bbt
Syp
प्रिया स्मृती गजमेर/दाङ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयको सरुवा भएको छ । नेपाल प्रहरीको नियमित सरुवा अन्तर्गत प्रहरी निरीक्षक पाण्डेको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा सरुवा भएको हो ।
करिब चौध महिनादेखि लमहीमा कार्यरत रहँदै आएका पाण्डेयको आफ्नो कार्यकालमा शान्ति सुरक्षा,अपराध नियन्त्रण तथा समुदाय प्रहरी सम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण योगदान रहेको छ ।लमहीमा कार्यरत रहँदा प्रहरी निरीक्षक पाण्डेयले अपराध नियन्त्रणलाई प्रभावकारी बनाउनुका साथै समुदायसँगको सहकार्यलाई विशेष प्राथमिकतामा राखेका थिए । स्थानीय नागरिक,जनप्रतिनिधि,राजनीतिक दल तथा विभिन्न संघसंस्थासँग निरन्तर समन्वय गर्दै उनले सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने प्रयास गरेका थिए । उनको नेतृत्वमा वडा प्रहरी कार्यालय लमहीले विभिन्न सुरक्षा चुनौतीहरुलाई सफलता पूर्वक सामना गरेको स्थानीय सरोकारवालाहरु बताउँछन् ।
विशेषगरी गत भदौ २३ र २४ गते देउखुरी क्षेत्रमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरी निरीक्षक पाण्डेयले प्रदर्शन गरेको साहस, संयमता र नेतृत्व क्षमतालाई अहिले पनि स्मरण गरिन्छ । आन्दोलन उग्र बन्दै जाँदा विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुग्न सक्ने अवस्था सिर्जना भएको थियो तर प्रहरी निरीक्षक पाण्डेयले आन्दोलनकारीसँग संवाद,समन्वय र धैर्यपूर्ण व्यवहारमार्फत परिस्थितिलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यस्तै,उक्त आन्दोलनका क्रममा उनि स्वयं अग्रपंक्तिमा खटिएर भीडलाई सम्झाइबुझाइ गर्दै सरकारी कार्यालय,सार्वजनिक संरचना तथा नागरिकको सम्पत्तिको सुरक्षा गर्न सफल भएका थिए । सम्भावित ठूलो क्षति टार्न उनले खेलेको भूमिकालाई स्थानीय राजनीतिक दल,नागरिक समाज,उद्योगी व्यवसायी तथा सर्वसाधारणले उच्च मूल्यांकन गरेका छन् ।
प्रहरी निरीक्षक पाण्डेयको कार्यशैलीलाई व्यावसायिक,जिम्मेवार र परिणाममुखी रुपमा लिइन्छ । कठिन परिस्थितिमा पनि शान्तिपूर्ण ढंगले समस्या समाधान गर्ने क्षमता,समुदायसँगको निकट सम्बन्ध तथा निष्पक्ष सुरक्षा व्यवस्थापनका कारण उनले स्थानीय जनमानसमा छुट्टै छाप छोड्न सफल भएका थिए ।
यसअघि कपिलवस्तु जिल्लामा भएको साम्प्रदायिक विवाद तथा तनावपूर्ण अवस्थाको व्यवस्थापनमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनि नेपाल प्रहरीबाट सम्मानित भएका थिए । विशेष सुरक्षा जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको योगदानको कदरस्वरुप नेपाल प्रहरीका प्रमुख दान बहादुर कार्कीबाट समेत उनि सम्मानित भएका थिए ।
प्रहरी निरीक्षक पाण्डेयको सरुवासँगै वडा प्रहरी कार्यालय लमहीको नेतृत्व अब प्रहरी निरीक्षक रमेशकुमार तिमिल्सिनाले सम्हाल्ने भएका छन् । तिमिल्सिना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत रहेका थिए ।
लमही क्षेत्रका नागरिक तथा सरोकारवालाहरुले प्रहरी निरीक्षक पाण्डेयको आगामी जिम्मेवारी सफलताको शुभकामना व्यक्त गर्दै उनले लमहीमा पुर्याएको योगदानको उच्च सम्मान समेत गरेका छन् ।
