
Mbdvs
Rbs
Sds
Gisld
mbd
Pbu

Pvg
Sls
Tsm
Gst
Rsb
Rgu
Vor
Asm
Bbu
Hal
Ksm
Ggd
Rgs
Wsp
nsb
Ssm
Sbs
Rgu
Bbbpu

Bml
Abd
sab
bbt
Rmb
Jmb
Syp
Mks
Jmb
Pls
Rpp
Ptm
Gsb
लमजुङ । नेपाल पुर्व प्रहरी संगठन लमजुङ जिल्ला कार्यसमितिले सोही जिल्लाका पुर्व अध्यक्ष पुर्व प्रहरी नायब निरीक्षक विर सिंह घलेलाई आइतबार सम्मान गरेको छ ।
नेपाल संगीत उद्योग संघले काठमाडौंमा २०८२ चैत २१ गते आयोजना गरेको राष्ट्रिय समाजसेवी सम्मान कार्यक्रमबाट सम्मानित भएका घलेलाई जिल्ला कार्यसमितिले आइतबार खादा ओढाएर सम्मान गरेको हो । लमजुङ जिल्लाको अध्यक्ष हुने समयमा पुर्व प्रहरीहरुको मृत्यु पश्चात पद,पावर र पहुँचका आधारमा दिइने सलामीलाई लमजुङ जिल्लाबाट आइजिपीदेखि सिपाहीसम्मलाई सम्मानजनक सलामी दिने व्यवस्था हुनुपर्छ भनेर जोरदार पहल गरेपछि अहिले देशैभरमा यो व्यवस्था लागु गरिएको छ ।
जिल्ला अध्यक्ष गंगा बहादुर अधिकारीको अध्यक्षतामा तथा नेपाल पुर्व प्रहरी संगठनका पुर्व केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कार्यसमितिका सल्लाहकार र सो जिल्लाका पुर्व अध्यक्ष समेत रहेका विर सिंह घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि घलेले आफू विभिन्न संघ-संस्थाको नेतृत्व गर्दै अघि बढेपनि नेपाल पुर्व प्रहरी संगठनलाई अघि बढाउनका लागि निरन्तर अघि बढिरहेको बताए ।
त्यस्तै,उनले आफू केन्द्रीय सदस्य समेत भएर काम गरेको र अहिले गण्डकी प्रदेश कार्यसमितिको सल्लाहकार रहेर काम गरिरहेको जानकारी दिए । घलेले भने-मेरो गृह जिल्लामा रहेको संगठनको आफ्नो कार्यालय भवन छैन,भवन नभएको कारण कार्यालय संचालन गर्न गाह्रो भएको छ । त्यसैले अबको योजना पहिले जग्गा व्यवस्थापन गरेर त्यसपछि भवनको लागि सरोकारवाला निकायसंग पहल गर्ने सोच रहेको घलेले बताए ।
कार्यक्रमको अध्यक्षता गरेका गंगा बहादुर अधिकारीले विर सिंह घलेले सामाजिक क्षेत्रमा गरेको कार्यको उच्च प्रसंशा गर्दै आगामी दिनमा निरन्तर सहयोग गर्न आग्रह गरे । अधिकारीले जिल्ला कार्यसमिति मार्फत विभिन्न समयमा नेपाल प्रहरीसंग समन्वय गरेर लागू औषध सम्बन्धी सचेतनामूलक सन्देश प्रबाह गर्ने र ट्राफिक सचेतना सम्बन्धि कार्यक्रमहरु प्रभावकारी ढंगले संचालन गर्दै आएको बताए । यस्तै,उनले पुर्व प्रहरीहरुलाई पेन्सन लगायत अन्य विभिन्न समस्याहरु सहज रुपमा समाधान गरिदिने कार्यसमेत गरिरहेको जानकारी दिए ।
कार्यक्रममा पुर्व प्रहरीहरु प्रहरी सहायक निरीक्षक पदमबहादुर राणाभाट,प्रहरी नायब निरीक्षक वीरबहादुर बोहरा,स्वर्गीय प्रहरी सहायक निरीक्षक भीमबहादुर पन्तकि धर्म पत्नी मनादेवी पन्त, स्वर्गीय प्रहरी हवल्दार जितबहादुर गुरुङकि धर्म पत्नी दवीमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सिधा-पत्र डटकमका संचालक तथा प्रवन्ध निर्देशक मेगमन बुढा र सह-सम्पादक टेकेन्द्र वलीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

