
Rbs
Pbu
mbd
Mbdvs
Sds
Gisld

Bbbpu
Rsb
Wsp
Ssm
Sbs
Bbu
Tsm
nsb
Asm
Pvg
Ksm
Rgu
Vor
Sls
Gst
Ggd
Rgu
Rgs
Hal

sab
Jmb
Syp
Rpp
Pls
Mks
bbt
Rmb
Abd
Gsb
Jmb
Ptm
Bml
लमजुङ । सुन्दरबजार नगरपालिका वडा नम्बर ६, सुन्दरबजारमा रहेको बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा विभिन्न सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम शनिबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी रजिष्ट्रारको कार्यालय पोखराको आयोजना तथा लमजुङ जिल्ला सहकारी संघ लिमिटेडको सह-आयोजनामा सम्पन्न भएको उक्त तालिममा ऋण कसरी लगानी गर्ने र आम नागरिकलाई प्रभावकारी हिसाबले बचत कसरी गराउने भन्ने विषयमा प्रशिक्षण दिइएको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराका निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकालले सहकारी सिद्धान्तहरु सन्दर्भ तथा वर्तमान सहकारी समस्या र जोखिम बारे लगायतको विषयमा जानकारी दिएका थिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराका प्रशासकीय अधिकृत तथा तालिम संयोजक अमृत प्रसाद कडेलले सहकारी एन २०७४ सहकारी पहिलो संशोधन अध्यादेश २०८३ गण्डकी प्रदेश सहकारी एन २०७५ सम्बन्धि लगायतको विषयमा जानकारी दिएका थिए ।
त्यस्तै सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराका सहायक तथ्यांक अधिकृत सुर्यप्रसद आचार्यले सहकारी संस्थामा सेयर सदस्य समिति तथा व्यवस्थापन पक्षको भुमिका र जिम्मेवारी एवम् ऋण असुली सम्बन्धि लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।
जिल्लाको विभिन्न पालिकामा रहेका सहकारी संस्थाका पदाधिकारी र कर्मचारी गरि ३६ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दर बजार नगरपालिकाका उपाध्यक्ष विर सिंह घलेले जानकारी दिए ।

