
Mbdvs
Rbs
Gisld
Pbu
mbd
Sds

Rsb
Hal
Rgs
Ggd
Pvg
nsb
Gst
Sls
Bbbpu
Ksm
Rgu
Vor
Wsp
Ssm
Bbu
Rgu
Tsm
Sbs
Asm

Abd
sab
Syp
Bml
bbt
Rpp
Jmb
Jmb
Pls
Mks
Gsb
Rmb
Ptm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। वडा तथा पालिका तहका निर्वाचन सम्पन्न भएसँगै आज र भोलि देशभर जिल्ला अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया सञ्चालन हुने पार्टीले जनाएको छ ।
पार्टीले तदर्थ संरचनाबाट पूर्ण वैधानिक तथा जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने अभियानअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ ।
त्यस्तै,केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशन पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि महत्त्वपूर्ण चरण भएको बताएका छन्ब। उनले स्वच्छ निर्वाचन प्रक्रियामार्फत तदर्थ जिम्मेवारीलाई स्थायी नेतृत्वका रूपमा दाबी गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गरे ।
निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय तथा प्रत्येक प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ । केन्द्रीय निर्वाचन आयोगको पोर्टलअनुसार हालसम्म ४ हजार २४६ वडा समिति र ५१२ पालिका समितिका अधिवेशन सम्पन्न भइसकेका छन् । साथै, थप चार–चार तदर्थ वडा तथा पालिका समितिको विवरण पनि अद्यावधिक गरिएको छ ।
त्यस्तै,रास्वपाको कार्यतालिकाअनुसार राष्ट्रिय महाधिवेशनअघि देशका ७७ जिल्लामध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गरिनेछ । आज सातवटै प्रदेशका ३८ जिल्लामा मतदान तथा नेतृत्व चयन प्रक्रिया सञ्चालन भइरहेको छ भने भोलि थप २७ जिल्लामा निर्वाचन हुनेछ । विशेष साङ्गठनिक परिस्थितिका कारण एक जिल्लाको निर्वाचन जेठ २६ गतेका लागि तय गरिएको छ । सोही दिन बागमती प्रदेशबाट प्रादेशिक अधिवेशनको समेत सुरुवात गरिने पार्टीले जनाएको छ ।
यस्तै,कार्यतालिकामा समावेश नभएका बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि क्रमशः सञ्चालन गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।
