
Mbdvs
Pbu
mbd
Sds
Rbs
Gisld

Rgu
Pvg
Wsp
Hal
Asm
nsb
Gst
Ssm
Rgs
Bbbpu
Ggd
Bbu
Sls
Sbs
Ksm
Tsm
Vor
Rsb
Rgu

Rpp
Syp
Rmb
Ptm
sab
Jmb
bbt
Bml
Jmb
Gsb
Abd
Pls
Mks
दाङ । “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मूल नारासहित देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, गढवाको आयोजनामा किशोरीहरुको प्रविधिमैत्री क्षमता विकास गर्ने उद्देश्यले टेक एज गर्ल्स (Tech Age Girls – TAG) परियोजनाअन्तर्गत १५ महिने तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ ।
गढवा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रिड नेपाल तथा रिड ग्लोबलको सहयोग रहेको थियो । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष दुःखहरण यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता एवम् गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले विशिष्ट अतिथआ
कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओप्रकाश बस्याल, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाकी अध्यक्ष पुष्पा यादव, सीपी नेपालका हेमराज शर्मा, गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव खुमा नन्द पोख्रेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार निराजन यादव,शिवराज पन्थी, उमानाथ यादव,लगायत विद्यार्थी,अभिभावक तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शारदा कुमारी चौधरीले पाँच वटा दीप प्रज्वलन गरी तथा कार्यक्रमको ब्यानर वाचन गरेर गरेकि थिइन् ।
कार्यक्रममा रिड नेपालका सजन थापाले TAG परियोजनाको उद्देश्यबारे जानकारी गराउँदै आजको डिजिटल युगमा किशोरीहरुलाई प्रविधिसँग जोड्नु आवश्यक रहेको बताए । उनले १४ वर्षमुनिका किशोरीहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस १५ महिने तालिममार्फत कम्प्युटर, डिजिटल साक्षरता, प्रविधिको सुरक्षित प्रयोग, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शुभकामना मन्तव्य व्यक्त गर्दै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओप्रकाश बस्यालले पुस्तकालय केवल पुस्तक पढ्ने केन्द्र मात्र नभई समुदायको ज्ञान, सीप र नेतृत्व विकास गर्ने संस्थाका रुपमा स्थापित हुँदै गएको बताए ।
त्यसैगरी हेमराज शर्मा,पुष्पा यादव,खुमा नन्द पोख्रेल,वीरबहादुर आले तथा पत्रकार शिवराज पन्थीले किशोरीहरुको क्षमता अभिवृद्धि र प्रविधिमा पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
प्रमुख अतिथि शारदा कुमारी चौधरीले देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले तयार गरेको प्रतिबद्धता पत्र वाचन गर्दै शिक्षा, सूचना र प्रविधिमा किशोरीहरूको पहुँच विस्तार गर्नु आजको आवश्यकता रहेको बताइन् । उनले स्थानीय तहले यस्ता सिर्जनात्मक तथा सीपमूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी विद्यार्थी,अभिभावक तथा सरोकारवालाहरुले TAG परियोजनाले ग्रामीण क्षेत्रका किशोरीहरुलाई प्रविधिमैत्री बनाउँदै भविष्यमा आत्मनिर्भर र सक्षम नागरिकका रुपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममार्फत आगामी १५ महिनासम्म किशोरीहरुलाई विभिन्न प्रविधिमूलक तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
कार्यक्रम देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव पटवारी यादवको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण समेत उनले नै गरेका थिए । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

