
Rgp
Ggp
Ksbus
Ksbus
Lnp
Msbus
Sdc
Ggp
Asbus


दाङ । यात्रा कथा संग्रह प्रकाशनको १२ बर्षपछि साहित्यकार राधा गौतमले अभ्युदय नामक उपन्यास संग्रह बजारमा ल्याएका छन् ।
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका पूर्व उपाध्यक्ष तथा लेखक साहित्यकार गौतमले आफ्नो दोश्रो कृतिको रुपमा अभ्युदय उपन्यासको हालै एक समारोहका विच बिमोचन गर्न सफल भएका छन् । शिक्षण पेशासामा संल्ग्न गौतमले नेपाली नारीहरु प्रति गरिने सामाजिक विभेदलाई चिरफार गर्दै यो उपन्यास तयार गरेको बताउछन् ।
देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष तथा बरिष्ठ समालोचक डा. टिकाराम उदासीको प्रमुख आतिथ्यमा दाङको लमहीमा भएको कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा बोल्दै डा. उदासीले राधा गौतमद्धारा लिखित अभ्युदय उपन्यास अभिब्यक्ति र कलात्मकताको शुन्दर संयोजन भएको चर्चागर्दै समग्र दाङ देउखुरीको एक नयाँ आयाम भएको बताउदै आदर्श नारिको चेतले भरिपुर्ण यो उपन्यास पठनिय र संग्रहणीय भएको भने ।
कृतिको समिक्षा गर्दै डा. रिता ज्ञवालीले भने–गौतमद्वारा लिखित प्रस्तुत उपन्यासले पितृसत्तात्मक राज्य ब्यवस्थाले सदियौंदेखि नारीहरुमाथी गर्दै आइरहेको विभेदको नूनचुक लगाएरै चिरफार गरेको छ । नेपाली नारीहरुमाथी गरिने सामाजिक,धार्मिक र साँस्कृतिक विभेदहरुलाई दह्रोसंग उठान गरिएको यस कृतिले महिलाहरुको भ्रुण हत्या तथा शिक्षा र रोजगारीमा समेत गरिने गरेको विभेदलाई छरप्रष्ट पारेको ज्ञवालीले बताए ।
त्यस्तै,अर्का समिक्षक लेखक साहित्यकार तथा कवि डा. कृष्णराज डिसीले सो उपन्यासको समिक्षा गर्दै उत्तरआधुनिक चिन्तन र सामाजिक चेतमा आधारीत यो उपन्यासका मुख्य पात्र सिता मार्फत नारीहरुमाथी भएका र हुने गरेका अदृष्य विभेदहरुको पर्दा खोलेको चर्चा गरे । कृति विमोचन कार्यक्रममा साहित्यकार नारायण नेपाल, छविलाल कोपिला र तेजप्रसाद खनाल लगायतका दर्जनौ श्रष्टाहरुले कृतिको बारेमा बोल्दै गौतमको लेखनयात्राको निरन्तरताको शुभकामना दिएका थिए ।
मञ्चका सचिव वालमुकुन्द आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण साहित्यकार सुर्य डि.सी.ले गरेका थिए ।
