
Unsku
Pes
cjs
Djs
Rgp
Pbu
Srbpu
Lnp
Sgr
sbs
Gfs
Rgp1
pku
Ggp

Vor
Gst
Wsp
Bbbpu
Ksm
Asm
Rgu
Ssm
Bbu
Sls
Pvg
Sbs
Ggd
Hal
nsb
Rgs
Rsb
Tsm
Rgu

Syp
bbt
Abd
Ptm
Jmb
Gsb
Bml
sab
Rmb
Rpp
Pls
Jmb
Mks
काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।
त्यस्तै,खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ ।
शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको जनाएको छ ।
