Sidha Patra मंगलबार, बैशाख २९, २०८३

बागलुङ । ढोरपाटन नगरपालिकामा गोरु काटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

ढोरपाटन नगरपालिका वडा नम्बर ३ घोसास्थित स्थानीयले मासु खाने प्रयोजनका लागि गोरु काटी भाग लगाउन लागेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै,पक्राउ पर्नेहरुमा ४० वर्षीय लालबिर बि.क., २१ वर्षीय सरोज सुनार, ५५ वर्षीय यम बहादुर रोका, ५३ वर्षीय तिल प्रसाद सुनार र ६० वर्षीय थाम बहादुर सुनार रहेका छन् । यस्तै ४६ वर्षीय बिमल बि.क., २२ वर्षीय बिनोद सुनार, ३० वर्षीय जाल बहादुर कामी, ३७ वर्षीय भक्त बहादुर कामी र ४० वर्षीय रिम प्रसाद सुनारलाई पनि प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

सोमबार बेलुका इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल जंग थापाले बताए ।

प्रहरीले घटनास्थलबाट गोरु काट्न प्रयोग गरिएका हतियारहरु समेत बरामद गरेको छ । पक्राउ परेका १० जना विरुद्ध पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत गाई र गोरु मार्न वा काट्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको थापाले जानकारी दिए । उनीहरुलाई बागलुङ जिल्ला अदालतमा उपस्थित गराएर पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]