
Unsku
Djs
pku
Gfs
Rgp
sbs
Lnp
cjs
Rgp1
Pes
Srbpu
Ggp
Sgr
Pbu

Rgs
Ksm
Vor
Sbs
Rgu
Pvg
Sls
Wsp
Bbu
Tsm
Bbbpu
Gst
Rgu
Ssm
Hal
Ggd
Asm
Rsb
nsb

Jmb
Rpp
Abd
sab
bbt
Jmb
Gsb
Mks
Rmb
Ptm
Bml
Syp
Pls
काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ । दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरु बिदा कटौती गरिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ । प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ ।
त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरुलाई भनिएको छ । पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ ।
अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ । मन्त्रिपरिषद बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरुमा हप्तामा २ दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।अनलाइनखबर
