Sidha Patra बिहिबार, बैशाख २४, २०८३

बुटवल । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको आह्वानमा बिहीबार बुटवलमा प्रदर्शन भएको छ ।

बुटवलको राजमार्ग चौराहाबाट मिलन चोक–अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म विरोध प्रदर्शन गरिएको हो । सरकारले आवश्यक तयारी र छलफलविना भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने गरी डोजर आतंक मच्चाएको भन्दै त्यसविरुद्ध गरिएको प्रदर्शनमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र शाहका विरुद्ध नाराबाजी भएको थियो।

त्यस्तै,समितिका संयोजक खगेन्द्र पौडेलले विगतमा नापजाँच भएका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने र डोजर आंतक बन्द गर्न माग गर्दै आन्दोलन गरिएको बताए । प्रदर्शनमा सहभागीले ‘हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार ?’ ‘डोजर आंतक बन्द गर, जनताको अधिकार कायम गर’, ‘विस्थापित हैन लालपुर्जा दे’जस्ता नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेका थिए ।

यस्तै,केही दिनअघि बुटवलको वडा नम्बर ४ अदालत अगाडिका ९ वटा घरटहरा डोजर लगाएर हटाइएको थियो ।नयाँपत्रीका

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]