
Pbu
Sgr
Ggp
Srbpu
Gfs
Rgp1
Unsku
cjs
Djs
sbs
Rgp
Pes
pku
Lnp

Wsp
Rgu
Sbs
Vor
Ggd
Bbu
Ssm
Pvg
Rgs
Tsm
nsb
Gst
Sls
Asm
Bbbpu
Hal
Rsb
Rgu
Ksm

bbt
Syp
Gsb
Pls
Jmb
Jmb
Rmb
Bml
Rpp
Mks
sab
Abd
Ptm
दाङ । देउखुरीको गढवामा सबैभन्दा ठूलो विषालु सर्प राज गोमन पहिलो पटक भेटिएको छ । विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन -किङ कोब्रा) पहिलो पटक गढवामा भेटिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुर निवासी स्थानीय शुसिला गुरुङ्को घरबाट सर्प उद्दारकर्ता शिवु खनालले बुधवार राती ८ बजे उक्त गोमन सर्प उद्धार गरेका हुन् । यसलाई गढवामा पहिलो अभिलेखीय उद्धार घटना मानिएको छ । सर्प उद्धारको जानकारी पाउन साथ सर्प उद्धारकर्ता शिवु खनाल घटनास्थल पुगे ।
डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत गणेश खड्कालाई तत्काल जानकारी गराइएपछि सर्प उद्दारकर्मी खनालको नेतृत्वमा दुईजना वन कर्मचारी घटनास्थल पुगेर एक घण्टाको लामो प्रयत्नपछि सर्पलाई जिवितै नियन्त्रण्मा ल्याइएको हो ।
उद्धारपछि सर्पलाई लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वनमा ल्याइएको थियो । सर्पको तौल करिब ८ किलो र लम्बाई १० फिट रहेको छ। डिभिजन वन कार्यालय देउखुरीको समन्वयमा अजम्मरी सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको सर्प उद्दारकर्ता खनालले बताए ।
