
Sgr
pku
Rgp
Srbpu
Pbu
Rgp1
Unsku
Ggp
Lnp

Rsb
Wsp
Rgs
Sbs
Ksm
Pvg
Tsm
Ssm
Bbbpu
Ggd
Vor
nsb
Hal
Rgu
Bbu
Asm
Gst
Rgu
Sls

Bml
Rpp
Abd
bbt
Pls
Rmb
sab
Jmb
Mks
Ptm
Gsb
Jmb
Syp
काठमाडौँ । नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
युनियनको केन्द्रिय समितिको बैठकले सरकारको विज्ञापन नीतिले स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बनाउने निष्कर्ष निकालेको छ । विज्ञापनको न्यायोचित वितरण, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको रोजगारी सुरक्षाका लागि स्पष्ट नीति निर्माण गर्न युनियनले सरकारसँग माग गरेको छ।
यसैगरी, श्रमजीवी पत्रकारका समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियुक्तिपत्र अनिवार्य र नियमित तलब भुक्तानी सुनिश्चित गर्न युनियनले माग गरेको छ।
त्यस्तै,पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती बद्दै गएको पनि युनियनले निष्कर्ष निकालेको छ । बैठकले पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।देशसञ्चार
