
pku
Rgp
Srbpu
Lnp
Rgp1
Sgr
Ggp
Pbu
Unsku

Pvg
Hal
Ggd
Bbu
Asm
Ksm
Wsp
Rgu
Ssm
Vor
nsb
Rgu
Sbs
Sls
Rgs
Gst
Tsm
Rsb
Bbbpu

Rpp
Jmb
Mks
sab
Gsb
Jmb
Bml
Rmb
Syp
Ptm
Pls
Abd
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोट घर भई हाल नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशाखा अन्तर्गत सुनवल सवस्टेशनमा इले सुपरभाइजर पदमा कार्यरत स्वर्गीय कुलराज थापा मगरको सम्झनामा उनको परिवारले निलसागर सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ।
राप्ती गाउँपालिका–८ मिलडाँडामा रहेको उक्त आश्रममा बिहीबार खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको हो । स्वर्गीय थापा मगरकी श्रीमती नन्दिका थापा मगर, दाजु भुपलाल थापा मगर तथा साडु दाइ शेरबहादुर बुढा मगरले वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको रोहबरमा आश्रमका अध्यक्ष गरिबु थारुलाई चामल, नुन, तेल,तरकारी,फलफूल लगायतका सामग्री तथा लत्ताकपडा हस्तान्तरण गरेका थिए ।
सामाग्री हस्तान्तरण गर्दै स्वर्गीय थापा मगरका दाजु भुपलाल थापा मगरले दिवंगत आत्माको सम्झनामा सामाजिक सेवामार्फत सकारात्मक कार्य गर्ने उद्देश्यले सहयोग गरिएको बताए । उनले यस्ता कार्यले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त हुनुका साथै समाजमा सहयोग र मानवीय भावनाको विकास हुने विश्वास व्यक्त गरे ।
सहयोग ग्रहण गर्दै आश्रमका अध्यक्ष गरिबु थारुले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आश्रममा आश्रित व्यक्तिहरुको दैनिक जीवनयापनमा ठूलो सहयोग पुग्ने बताए । ३१ वर्षीय थापा मगरको गत बैशाख ३ गते हृदयघातका कारण बुटवलमा निधन भएको थियो । उनको असामयिक निधनले परिवार तथा समुदायमा शोकको वातावरण सिर्जना भएको छ ।
