
Srbpu
Rgp1
Ggp
Unsku
Lnp
pku
Sgr
Pbu
Rgp

Rsb
Asm
Gst
Bbbpu
Sls
Wsp
Bbu
Rgu
Rgu
Tsm
Ggd
nsb
Pvg
Ssm
Sbs
Ksm
Vor
Hal
Rgs

Syp
Jmb
Ptm
Bml
Pls
Abd
sab
Jmb
Rmb
bbt
Gsb
Rpp
Mks
दाङ । घोराही अवस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण गरेर बसेका वास्तविक सुकुमवासीहरूको व्यवस्थापनका लागि पहल सुरु गरिएको छ। यसका लागि प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच बुधबार पूरक सम्झौता भएको हो।
सम्झौताअनुसार प्रतिष्ठान र कटुवा खोलाबीच रहेको जग्गामा बसोबास गर्दै आएका करिब १५० घरधुरीमध्ये वास्तविक भूमिहीन सुकुमवासीको पहिचान गरिनेछ। पहिचान भएका प्रत्येक घरधुरीलाई अम्बापुर जग्गा एकीकरण आयोजना अन्तर्गत ५–५ धुरका दरले घडेरी उपलब्ध गराइने उल्लेख गरिएको छ।
यस्तै, सुकुमवासीलाई उपलब्ध गराइने नयाँ स्थानमा बाटो, बिजुली, खानेपानीलगायतका आधारभूत सुविधा व्यवस्थापन गर्न घोराही उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी पहल गरिने पनि सम्झौतामा समावेश गरिएको छ।
सम्झौतापत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र नवलपुर बहुउद्देश्यीय सरोकार समितिका अध्यक्ष एवं अम्बापुर जग्गा एकीकरण आयोजनाका बलिभद्र रानाले हस्ताक्षर गरेका छन्।
पहिले पनि नवलपुर बहुउद्देश्यीय सरोकार समितिकै पहलमा नवलपुरको जग्गा प्रतिष्ठान मातहत ल्याउने प्रयास गरिएको थियो।
