
Sgr
Unsku
Srbpu
Rgp
Rgp1
Lnp
pku
Pbu
Ggp

Rsb
Bbu
Rgs
Sls
Pvg
nsb
Ssm
Wsp
Tsm
Ggd
Ksm
Vor
Asm
Rgu
Bbbpu
Hal
Sbs
Rgu
Gst

Jmb
Pls
Bml
Ptm
Rmb
Syp
bbt
Jmb
sab
Gsb
Mks
Rpp
Abd
धनकुटा । आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजातिको सूचीमा समावेश गर्न माग गर्दै धनकुटामा प्रदर्शन गरेका छन्। मंगलबार परम्परागत भेषभूषामा सजिएका उनीहरूले आफ्ना माग लेखिएका प्लेकार्डसहित र्याली निकाल्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
र्यालीपछि समुदायका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कामार्फत बालेन शाह समक्ष ज्ञापनपत्र पठाएका छन्। ज्ञापनपत्रमा आठपहरियाको आफ्नै भाषा, मौलिक संस्कृति, परम्परा र सामाजिक संरचना हुँदाहुँदै पनि राज्यले आफूहरूलाई बेवास्ता गरेको उल्लेख गरिएको छ।
यसैगरी, राणाशासनका बेला धनकुटामा मारिएका रामलिहाङ आठपहरिया र रिदामा आठपहरियालाई पहिलो सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग पनि समुदायले अघि सारेको छ। दशैं मनाउन अस्वीकार गरेपछि राणा शासकहरूले उनीहरूलाई झुण्ड्याएर मारेको ऐतिहासिक प्रसंग रहेको बताइएको छ।
किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार यी माग नयाँ नभई २०५८ सालदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाउँदै आइएको हो। तर, हालसम्म कुनै सुनुवाइ नभएपछि अहिले बनेको करिब दुईतिहाइको सरकारले माग सम्बोधन गर्ने अपेक्षासहित पुनः ज्ञापनपत्र बुझाइएको उनले बताए।
धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको
आठपहरिया समुदायको करिब ६ हजार जनसंख्या रहेको बताइएको छ।
