
Rgp1
Unsku
Lnp
Pbu
pku
Sgr
Rgp
Srbpu
Ggp

Sls
Asm
Bbbpu
Rgu
Pvg
Hal
Tsm
Rgu
Rsb
Vor
Bbu
Ksm
Gst
Sbs
Ggd
Wsp
nsb
Rgs
Ssm

Jmb
sab
Rpp
Ptm
Mks
Abd
Pls
Syp
Rmb
Gsb
bbt
Jmb
Bml
दाङ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले ग्रामीण तथा विपन्न वर्गका नागरिकहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ स्थापना भएको एक जिम्मेवार वित्तीय संस्था रहेको छ । यस संस्थाले विशेष गरी महिला सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यस संस्थामार्फत सदस्यहरुलाई सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गरिन्छ । साना तथा मझौला व्यवसाय सञ्चालन गर्न इच्छुक सदस्यहरुलाई आवश्यक वित्तीय सहयोग प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको वनगाउँ शाखाका कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
वनगाउँ शाखा कार्यालयले विभिन्न केन्द्रमार्फत सदस्यहरुसँग प्रत्यक्ष रुपमा समन्वय गर्दै सेवा प्रवाह गरिरहेको छ । यस्तै शाखा प्रमुख पोखरेलका अनुसार अहिले संस्थाले प्रत्येक केन्द्रमा नियमित बैठक,कर्जा लगानी तथा असुली,बचत संकलन, तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट सदस्यहरुमा वित्तीय अनुशासन,जिम्मेवारी र सहकार्यको भावना विकास गरिरहेको छ ।
त्यस्तै,संस्थाले आफ्ना सदस्यहरुको हितलाई केन्द्रमा राख्दै बीमा सुविधा समेत उपलब्ध गराउँदै आएको छ । यसबाट सदस्य तथा उनका परिवारलाई आकस्मिक जोखिमबाट संरक्षण मिलेको छ । उदाहरणका रुपमा,कुनै सदस्य वा निजको परिवारमा अप्रत्याशित घटना घटेमा बीमा मार्फत कर्जा मिनाहा तथा आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ,जसले सदस्यहरुको जीवनमा सकारात्मक प्रभाव पारेको छ ।
यस्तै,माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले पारदर्शिता, उत्तरदायित्व तथा सेवा भावलाई आफ्नो मुख्य मूल्यका रुपमा आत्मसात गर्दै आएको छ । संस्थाले दिगो विकासका लक्ष्यअनुसार आर्थिक समावेशीकरणमा जोड दिँदै समाजको समग्र उन्नतिमा योगदान पुर्याउँदै आएको छ ।
त्यस्तै,भविष्यमा समेत यस संस्थाले अझ प्रभावकारी सेवा विस्तार गर्दै सदस्यहरुको जीवनस्तर उकास्न,रोजगारी सिर्जना गर्न तथा देशको आर्थिक विकासमा टेवा पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
