
mbd
Gisld
Rbs
Pbu
Mbdvs
Sds

nsb
Bbbpu
Rsb
Pvg
Wsp
Ksm
Bbu
Ssm
Tsm
Rgu
Ggd
Sbs
Rgs
Vor
Hal
Rgu
Asm
Sls
Gst

bbt
Jmb
Rmb
Ptm
sab
Gsb
Jmb
Abd
Bml
Syp
Rpp
Mks
Pls
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङले वन डढेलोबारे सचेतना फैलाउन जिल्लाभर अभियान चलाउने भएको छ । वन महासंघ दाङको आज शुक्रवार घोराहीमा सम्पन्न पूर्ण बैठकले वन डढेलोको जोखिम न्यून गर्नका लागि सक्रिय रुपले जिल्लाभर कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अभियानका लागि सामुदायिक वन उपभोक्ता महासंघले डिभिजन वन कार्यालयहरु र स्थानीय तहको समन्वयमा दाङमा गठन भएका वन डढेलो नियन्त्रण सञ्जाल मार्फत अभियान सञ्चालन गर्ने निर्णय गरेको वन महासंघ दाङले जनाएको छ । अभियान मार्फत वन क्षेत्रमा बनाइएका अग्नि रेखाको सरसफाई गर्ने, नयाँ स्थानमा अग्निरेखा निर्माण गर्ने, वन क्षेत्रका सुख्खा काठपातको ब्यवस्थापन गर्ने, सचेतनामूलक कार्यक्रम तथा सामुदायिक वन मार्फत वन गस्ति सञ्चालन गरिने वन महासंघ दाङले जनाएको छ । वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एंव वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य सावित्रा रानाको बिशिष्ट आतिथ्यतामा भएको बैठकले वन समूहहरुलाई वनमा डढेलो लाग्नै नदिनका लागि चनाखो गरी लाग्न समेत आह्वान गरेको छ ।
वन क्षेत्रमा सरोकार राख्ने सामुदायिक वन समूहहरुलाई वेवास्ता गरी दाङका दुइ वटै डिभिजन वन कार्यालयहरुले गाउँगतहका कार्यक्रम गर्ने गरेको स्थानीय वन समूहको गुनासोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै वन समुहलाई वेवास्ता गरी अघी नबढ्न बैठकले आग्रह समेत गरिएको छ । स्थानीय वन समूहका उपभोक्ताहरुलाई जानकारी नै नदिई वन डढेलो नियन्त्रणका कार्यक्रम गरिनु दुखत भएको भन्दै त्यस्तो प्रक्रियाबाट भएका कार्यक्रम फलदायि नहुनेतर्फ समेत गम्भिर बन्न बैठकले डिभिजन वन कार्यालयहरुलाई सजक गराएको छ ।
अप्ठेरो अवस्थामा मात्रै सामुदायिक वनलाई गुहार्ने तर सजिलो अवस्थामा स्थानीयलाई वेवास्ता गर्दै वन कर्मचारीहरुले जिल्लामा काम गरेको भन्दै त्यसबारे उजागर गर्न दाङका सवै स्थानमा वन महासंघको सव डिभिजन स्तरीय समिति गठन गर्ने निर्णय भएको वन महासंघका जिल्ला अध्यक्ष भूपेन्द्र सुवेदीले जानकारी दिनुभयो । महासंघको अभियानलाई गाउतहसम्म लैजाने, संगठनलाई थप मजवुत बनाउदै गलत क्रियाकलापबारे खवरदारी गर्न सवडिभिजनस्तरीय समिति बनाउने निर्णय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
गर्मीयाम शुरु भएसँगै वन क्षेत्रमा वन डढेलोको जोखिम बढेको र यसबाट हुने सम्भावित जोखिम न्यून गर्नका लागि सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनको अधिनमा रही वन क्षेत्रमा काटेर रोका भएर रहेका काठलाई निकासीका लागि पहल गर्न र ढलापडा सुक्का काठको संकलन गर्ने वातावरण बनाउनका लागि डिभिजन वन कार्यालयलाई अनुरोध गरिएको छ ।
बैठकका प्रमुख अतिथि वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काले सामुदायिक वनको योगदानलाई कम आकलन नगर्न वनकर्मचारीहरुलाई आग्रह गर्नुभयो । बैठकले सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव बिर्खबहादुर शाहीका बुवा रणबहादुर शाहीको निधनप्रति दुख ब्यक्त गर्दै सोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । वन महासंघका जिल्ला उपाध्यक्ष सरिता थापाको स्वागत मन्तब्यबाट शुरु भएको बैठकमा जिल्लाका दश वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो गाउँतहमा भएका गतिबिधिबारे जानकारी गराएका थिए । बैठकको सहजिकरण वन महासंघका जिल्ला सचिव जानका के.सीले गर्नु भएको थियो ।
