
Sdc
Amb
ksbus


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले हालै वृद्धि गरिएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गरिने बताएका हुन्। उनले महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन अघि बढाइने जानकारी दिए।
प्रसाईंले सरकारलाई विद्यार्थी संगठन खारेज गर्ने प्रयास नगर्न चेतावनी दिँदै विद्यार्थी संगठन आवाज उठाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे। ‘विद्यार्थी संगठन किन चाहिने रहेछ भने आवाज उठाउनकै लागि हो,’ उनले भने।
विगतमा सामान्य मूल्यवृद्धिमा समेत विद्यार्थी संगठनहरूले आन्दोलन गरेको स्मरण गर्दै उनले अहिले ठूलो मूल्यवृद्धि हुँदा पनि मौन बसेको आरोप लगाए।
पहिले दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको स्मरण गर्दै उनले आज एक सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको आरोप लगाएका छन् ।
