
mbd
Sds
Gisld
Pbu
Rbs
Mbdvs

Ssm
Rgu
Vor
Ggd
Rsb
nsb
Sbs
Ksm
Wsp
Sls
Bbbpu
Rgu
Bbu
Hal
Tsm
Rgs
Gst
Pvg
Asm

Jmb
Syp
Rmb
Mks
Bml
Pls
bbt
Jmb
sab
Gsb
Rpp
Ptm
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकाले घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा एन्टी रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाभर वैशाख २, ३ र ४ गते अभियान तीव्र गतिमा सञ्चालन गरिने तयारी गरिएको छ । गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीका अनुसार कुकुरको संख्या व्यवस्थापन तथा रेबिजजस्तो घातक रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्न लागिएको हो । “घरपालुवा र सामुदायिक कुकुर दुवैलाई लक्षित गरेर बन्ध्याकरण र एन्टी–रेबिज खोप अभियान सञ्चालन गर्न लागिएको हो, यसले दीर्घकालीन रुपमा स्वास्थ्य तथा वातावरणीय सुधारमा सहयोग पुर्याउनेछ,” उनले भने ।
यसैबीच,‘वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा रुपन्देही ’ संस्थाले गढवा गाउँपालिकासँग कुकुरहरुको बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । उक्त सहकार्यबाट अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अभियानलाई जनस्वास्थ्य र वातावरणीय सन्तुलनसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रुपमा लिँदै सबै नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन् । “कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण आजको आवश्यकता हो । यस अभियानले समुदायलाई सुरक्षित बनाउने मात्र होइन, मानवीय तरिकाले जनावर व्यवस्थापन गर्ने सन्देश पनि दिन्छ,” अध्यक्ष पोख्रेलले भने ।
अध्यक्ष पोख्रेलले अभियान सफल बनाउन स्थानीय बासिन्दा, टोल विकास संस्था तथा सरोकारवालाहरुको सक्रिय सहभागिता अपरिहार्य रहेको समेत उल्लेख गरे ।
