
Sds
Gisld
Pbu
Mbdvs
mbd
Rbs

Pvg
Rgu
Ssm
Sls
Asm
Rsb
Bbbpu
Ggd
Hal
Rgs
Bbu
Vor
Gst
Wsp
Sbs
Ksm
Tsm
nsb
Rgu

Rpp
Abd
sab
Mks
Syp
Gsb
Rmb
Ptm
Jmb
Pls
Jmb
Bml
bbt
दाङ । देउखुरीको राजपुरमा नेपाल टेलिकम (एनटिसी) को टावरलाई जोगाउन सशस्त्र प्रहरी र स्थानीयले अग्नि रेखा निर्माण गरेका छन् ।
वन डढेलोको समय भएको हुँदा राजपुर -७ गरुल भिर डाँडामा रहेको उक्त टावरलाई आगलागीबाट जोगाउन सुनपथरी नाकामा रहेको सशस्त्र प्रहरी बल बि.ओ.पि. र स्थानीय बासीले संयुक्त रुपमा आज अग्नि रेखा निर्माण गरेका हुन् ।
सुनपथरी नाकामा रहेको युगबोध आधारभूत विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोरेन्द्र घर्ती मगरका अनुसार टावर भएको उक्त क्षेत्रमा आगलागीको उच्च जोखिम रहेको हुँदा सशस्त्र प्रहरी र स्थानीयले टावरलाई बचाउनका लागि अग्नि रेखा निर्माण गरिएको हो ।
अहिले नाका बासीले उक्त टावरको माध्यमबाट टेलीफोन र इन्टरनेट चालाउदै आएका छन् । यद्यपि अहिलेसम्म टावर बनेदेखि टावरको पहुँच रहेको उक्त स्थानमा मात्र सो सेवाहरु उपलब्ध हुँदै आएको छ । स्थानीयका अनुसार सरकारले मिनी टावरको व्यवस्थापन गरिदीएको खण्डमा नाकाका जनतालाई ठुलो राहत मिल्ने छ ।
