Sidha Patra बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । नेपाली काङ्ग्रेसले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई दिन नपाउने सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै काङ्ग्रेस सांसद नरेन्द्रकुमार केरुङले सरकारको यो कदम उदार अर्थतन्त्रको नीति र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।

त्यस्तै सांसद केरुङले नयाँ सरकार गठन हुनेबित्तिकै निजी क्षेत्रको प्रेसलाई धराशायी बनाउने गरी यस्तो विभेदकारी निर्णय हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने निर्णयले सञ्चार क्षेत्रको गाँस खोस्ने काम गरेको छ,’ उनले भने, ‘सरकारले तत्काल यो निर्णय फिर्ता लिएर निजी सञ्चारमाध्यमको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ।’ उनले निजी क्षेत्रलाई उपेक्षा गरेर प्रेस स्वतन्त्रता र व्यावसायिकताको रक्षा हुन नसक्ने तर्क समेत गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत बुधबार सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई विज्ञापन तथा सूचनाहरु सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको थियो । सरकारको यो परिपत्रले देशभरका निजी अखबार, टेलिभिजन,रेडियो र अनलाइन सञ्चारमाध्यमहरु संकटमा पर्ने भन्दै सञ्चार क्षेत्रमा चौतर्फी आलोचना भइरहेको छ ।

त्यस्तै काङ्ग्रेसले संसदमार्फत सरकारको यो कदमले निजी लगानीलाई निरुत्साहित गरेको भन्दै तत्काल सच्याउन ध्यानाकर्षण गराएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]