Sidha Patra बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । नेपाल सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ ।

नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् ।
सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि त्यहाँको प्रवेश अनिवार्य छ । तर नयाँ सरकार आएलगत्तै वकिलहरुमाथि निशाना साँधिएको आरोप नेपाल बारको छ ।

त्यस्तै सिंहदरवारमा वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज गराउने श्रेय तत्कालीन सभामुख सुवास नेम्वाङलाई जान्छ । नेम्वाङले तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलालाई बोलाएर नेपाल बारका पदाधिकारीलाई समेत राखेर कानून व्यवसायी परिचयपत्रको आधारमा प्रवेश पाइने व्यवस्था मिलाइएको तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।

अहिलेको सरकारले कानून व्यवसायीलाई हेपेर दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको उनले बताएका छन् । नेपाल बारसहित कानून व्यवसायीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारी गैरकानूनी भनेर अभिव्यक्ति तथा बहस गरेपछि वकिलहरुलाई सिंहदरवारमा कडाइ गरिएको दावी उनीहरुको छ ।

त्यस्तै,यसैबीच प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानून व्यवसायीको हकमा नागरिक एपको सिंहदरवार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाएका छन् । मुद्दाका पक्ष र वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।नेपालप्रेस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]