
Pbu
Mbdvs
mbd
Rbs
Gisld
Sds

Bbbpu
Vor
Rgu
nsb
Ssm
Rsb
Hal
Bbu
Ggd
Ksm
Rgs
Gst
Tsm
Pvg
Asm
Wsp
Sbs
Sls
Rgu

sab
Syp
Rmb
Bml
Abd
Jmb
Ptm
Pls
bbt
Jmb
Mks
Gsb
Rpp
दाङ । राजपुर गाउँपालिका गाउँपालिका वडा नम्बर २ मटेरियास्थित सोमईथान एल.एच एकेडेमीले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा कक्षा ५ तर्फ उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत नतिजा ल्याउन सफल भएका हो ।
त्यस्तै उक्त परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ९ जनाले A+ ग्रेड तथा अन्य ५ जनाले A ग्रेड प्राप्त गरेका छन् । विद्यालयले यस उपलब्धिलाई विद्यार्थी,शिक्षक तथा अभिभावकको संयुक्त प्रयासको परिणामका रुपमा लिएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष संगीता पाण्डेले परीक्षामा सहभागी भई सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकि छिन् । साथै, विगतका वर्षहरुमा जस्तै विश्वास र सहयोग गर्दै आएका सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै उनले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना समेत दिइएकी छिन् । विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
