
Gisld
Pbu
Sds
Rbs
mbd
Mbdvs

Rsb
Bbu
Pvg
Sls
Rgu
Asm
Ggd
Gst
Rgu
Wsp
Rgs
Hal
Vor
Ssm
Bbbpu
Tsm
nsb
Ksm
Sbs

Abd
Syp
Pls
Bml
Mks
Jmb
Jmb
bbt
Ptm
Rpp
Rmb
sab
Gsb
दाङ । घोराही–लमही सडकखण्डलाई धमाधम फराकिलो बनाउन थालिएको छ । मोड र साँघुरो स्थानलाई फराकिलो बनाउन थालिएको हो ।
साँघुरो सडकका कारण दुर्घटना बढेपछि चालु वर्षमा सक्ने गरि सडक फराकिलो बनाउन थालिएको हो । जोखिमपूर्ण मोडहरु कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने गरि फराकिलो बनाउन थालिएको सडक डिभिजन दाङका प्रमुख दिपेन्द्र विष्टले बताए ।
त्यस्तै उनका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर–३ कुइरेपानीदेखि लमही नगरपालिका –६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको छ । जहाँ मोड काट्नेदेखि पर्खाल निर्माणको काम भइरहेको छ ।
उक्त सडक फराकिलो बनाउनकालागि २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता भएका छन् । घोराही–लमही सडकखण्ड अन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड का लागि ६ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्नेगरी श्री इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन दाङले जनाएको छ ।
