
Pbu
Gisld
mbd
Rbs
Mbdvs
Sds

Sbs
Gst
Rsb
Bbbpu
Rgu
Ssm
Ksm
Hal
Tsm
Pvg
Asm
Rgu
nsb
Sls
Vor
Ggd
Bbu
Wsp
Rgs

Syp
sab
Rmb
Pls
Rpp
Gsb
Jmb
bbt
Jmb
Bml
Abd
Ptm
Mks
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ ।
मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ । यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ । अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ ।
त्यस्तै केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रुपमा नयाँ तालिका लागू गर्न थालेका छन् ।
कर्मचारीहरुलाई तोकिएको समयभन्दा अगाडि, बिहान ८ बजेर ४५ मिनेटसम्ममा कार्यस्थलमा उपस्थित हुन भनिएको छ, ताकि सेवा समयमै सुरू गर्न सकियोस् । सरकारले इन्धन खपत घटाउने लक्ष्यसहित लिएको निर्णय अनुसार सेवा समयलाई व्यवस्थित गरिएको हो ।
यसअनुसार ग्राहकले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन् । यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा भने समय तालिका थप परिवर्तन हुनेछ । सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ।
त्यस्तै यसअघि बैंकहरु आइतबारदेखि बिहीबार १० देखि ५ बजेसम्म खुल्थे भने शुक्रबार १० देखि ३ बजेसम्म खुला हुन्थे । यो समय तालिका फेर्दा राष्ट्र बैंकलाई जानकारी गराएर र श्रम कानुन अनुसार कर्मचारीलाई भक्ता उपलब्ध गराएर बैंकहरुले ग्राहकलाई सेवा दिदै आएका थिए ।
