
Pbu
Mbdvs
Rbs
Gisld
Sds
mbd

Asm
Gst
Rsb
Vor
Hal
Bbu
nsb
Ssm
Sbs
Wsp
Rgu
Bbbpu
Rgu
Ksm
Sls
Tsm
Rgs
Ggd
Pvg

Pls
bbt
Gsb
Rpp
Ptm
Rmb
Syp
Abd
Jmb
Bml
Mks
Jmb
sab
प्यूठान । सरुमारानी गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को शैक्षिकसत्र २०८२ को नतिजामा सामुदायिक विद्यालयको तर्फबाट सत्य माध्यमिक विद्यालय ददेरी प्रथम भएको छ ।
सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा रहेको उक्त विद्यालयबाट शैक्षिकसत्र ०८२ को पालिका स्तरीय कक्षा ८ परीक्षामा ४८ जना विद्यार्थीहरु सहभागी भएका थिए । यहीँ चैत २० गते शुक्रबारका दिन सार्वजनिक भएको नतिजामा ३९ जना विद्यार्थीहरु ८१.२५ प्रतिशतका साथ उत्तीर्ण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै प्रधानाध्यापक पौडेलले भनेका छन् । अथक मेहनतका साथ उत्तीर्ण भाइबहिनीहरुलाई हार्दिक बधाई व्यक्त गर्दछु । विद्यार्थीहरुले यो नतिजा प्राप्त गर्नमा कक्षा शिक्षक सहित सबै विषयगत शिक्षक साथीहरुको मेहनत,लगनशीलता र निरन्तरताको खटनको महत्त्वपूर्ण भूमिका रहेको छ । विषयगत सहजीकरण तथा होस्टेलको बसाइ व्यवस्थापनमा अहोरात्र खटन होस्टेल इञ्चार्ज एवम् विषयगत साथीहरुको योगदानको उच्च सम्मान गर्दछु । विद्यालयद्वारा बधाई एवम् धन्यवाद 
