
Mbdvs
Sds
Pbu
Gisld
mbd
Rbs

Pvg
Rsb
Sbs
Wsp
Bbbpu
Asm
Rgu
Ksm
Sls
Tsm
Gst
Vor
Rgu
Bbu
Rgs
Ssm
nsb
Hal
Ggd

Abd
Jmb
Syp
Jmb
Bml
Mks
Pls
Gsb
sab
Rmb
Ptm
Rpp
bbt
दाङ । मालपोत कार्यालय तुलसीपुरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र प्रक्रियामा अवरोध पुर्याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले कार्यालय हाताभित्रैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीहरुले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको र बिचौलियाहरुको चलखेल बढेको र लेखापढी व्यवसायीले बढी रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम खुलाएको छैन् ।उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोधपुछ र अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ । पछिल्लो समय सरकारी कार्यालयहरुमा बिचौलियामुक्त वातावरण बनाउने उद्देश्यले सुरक्षा निकायले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्दै आएको छ ।
