
Pbu
Mbdvs
mbd
Rbs
Gisld
Sds

Rgu
Vor
Sbs
Ggd
Rgs
Bbbpu
Asm
Wsp
Sls
Pvg
Hal
Gst
Rsb
Bbu
nsb
Tsm
Ksm
Rgu
Ssm

Ptm
bbt
Syp
Rmb
Rpp
Jmb
Mks
Bml
Abd
Jmb
Pls
sab
Gsb
प्यूठान । प्यूठानको मा मध्यरात बस्तीमा आगलागी हुँदा एक छेडाघाटमा दर्जन बढी घर गोठ जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ऐरावती गाउँपालिका– १ छेडाघाटका स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सल्किएर बस्तीमा फैलिएको थियो । जसबाट झन्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै ८२ वटा बाख्रा र ९ वटा गोरु जलेर मरेका छन् ।
त्यस्तै आगलागीबाट स्थानीय देवानसिंह रानाको फुसले छाएको गोठ, विकास रानाको गोठ, लक्ष्मण रानाको गोठ, इश्वरी रानाको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । इश्वरीको घर परिवारको भाँडा वर्तन, लत्ता कपडा, खाद्मान्न, तीन वटा गोरु, १५ बाख्रा जलेर मरेका छन् ।
यस्तै रमेश घर्तीको एउटा घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा परी घर्ती परिवारका ६ वटा बाख्रा मर्नुका साथै भाँडा वर्तन, लत्ता कपडा,आधा तोला सुन र ५० हजार जलेर नष्ट भएको छ । स्थानीय ओमबहादुर रेश्मी मगरको एक घर, दुइटा गोठ पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै उनीहरुले पालेका ३३ वटा बाख्रा पनि जलेर मरेका छन् । यो परिवारका भाँडा वर्तन, खाद्मान्न, लत्ता कपडा, नगद साढे ७१ हजार जलेर नष्ट भएको छ । स्थानीय भुपाल रोकाको एउटा घर र एउटा गोठ जलेर पूर्ण नष्ट भएको छ ।
त्यस्तै उनीहरुले पालेका १८ बाख्रा मर्नुका साथै घरमा रहेको नगद दुई लाख र आधा तोला सुन पनि जलेर नष्ट भएको छ । स्थानीय गुमा रजालीको एउटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । उनीहरुका घरमा लत्ता कपडा, भाँडावर्तन र खाद्यान्न जलेर नष्ट भएको छ । रजाली परिवारले पालेको एउटा बँगुर जलेर घाइते भएको छ ।
