
Gisld
Sds
Rbs
mbd
Pbu
Mbdvs

Tsm
Bbbpu
Hal
Bbu
Rsb
Wsp
Ssm
Ksm
Vor
Sls
Gst
Rgs
Sbs
Ggd
Rgu
Asm
nsb
Rgu
Pvg

Abd
Rpp
Jmb
Pls
Ptm
Jmb
Bml
Rmb
Gsb
Syp
bbt
Mks
sab
भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
भैरहवामा शनिबार सम्पन्न महासंघको आठौं प्रदेशसभा तथा अधिवेशनमा श्रेष्ठले कपिलवस्तु चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हुन् । महासंघको एसोसिएटतर्फ १ सय २ मत खसेकोमा श्रेष्ठले ९६ मत प्राप्त गरेका थिए । मियाँले भने ६ मत मात्र प्राप्त गरे ।
जिल्ला/नगरतर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गरेका थिए । वस्तुगततर्फ रहेको एकमात्र मत पनि श्रेष्ठले नै पाए । जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने,सदस्यमा बर्दियाबाट बद्रीनाथ बराल, प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् भने एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै ११ सदस्यीय समितिमा एक जना महिलासहित २ जना मनोनीत गर्ने प्रावधान छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघलाई अझ बलियो बनाउँदै व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कान्तिपुर
