
Sds
Gisld
Rbs
Mbdvs
mbd
Pbu

Rsb
Sls
Pvg
Sbs
Bbu
Rgu
nsb
Ksm
Gst
Ssm
Rgu
Asm
Rgs
Ggd
Bbbpu
Vor
Wsp
Tsm
Hal

sab
Rpp
Gsb
Ptm
Mks
Abd
Syp
Jmb
Jmb
Pls
Rmb
bbt
Bml
दाङ । वित्तिय साक्षरता अभिबृद्धि तथा ग्राहक गुनासो सुनुवाई कार्यक्रम शनिबार लमहीमा एक कार्यक्रमको बीच सम्पन्न भएको छ ।
मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बनगाउँका कार्यालय प्रमुख सन्तोष पोखरेलको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
२०७४ सालमा स्थापना भएको बनगाउँ शाखामा १ हजार २०० जना सदस्यहरु आवद्ध रहेका छन् भने संस्थाले हालसम्म १७ करोड लगानी गरेको छ । उक्त शाखासंग जोडिएका सदस्यहरुले २ करोड दुई लाख रुपैंया बचत जम्मा गरेको शाखा प्रमुख पोखरेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गाउँ,टोल बस्तीहरुमा पुगेर निम्न वर्गका मानिसहरुलाई बचत गराउन सिकाउने र उनिहरुमा बिना धितोको लाखौं,करोडौं लगानी गरेर सेवा प्रदान गरेको पाइएकोमा आफू अत्यन्तै खुशी भएको बताएका छन् । उनले आफुलाई प्रमुख अतिथिको रुपमा बोलाएर नगरका विभिन्न वडा,टोल बस्तीहरुबाट आएका महिला दिदीबहिनीसंग प्रत्यक्ष साक्षरता गर्न पाउदा खुशी भएको बताए । त्यस्तै उनले संस्थालाई समाजमा बस्ने हरेक नागरिकहरुको अवस्था बुझेर बचत र लगानी गर्न समेत आग्रह गरे ।
त्यस्तै शाखा मार्फत यस आर्थिक वर्षमा १६ जना सदस्यहरुको श्रीमान् मृत्यु भए पश्चात ३ लाख ८ हजार बीमा दाबी गरी कर्जा मिनाहा तथा भुक्तानी गरेको कर्जा रकम समेत फिर्ता दिइएको उनले बताए । ५ लाख ऋण लिने एक सदस्यको बीमा भुक्तानी दावी गरिएको छ ।
यस आर्थिक वर्षमा २ जना सदस्यलाई श्रीमान् गुमाए वापत २१ हजारका दरले काजक्रिया खर्च, २ जना सदस्यहरुलाई २ हजारका दरले सुत्केरी स्याहार खर्च उपलब्ध गराइएको समेत प्रमुख पोखरेलले कार्यक्रममा जानकारी गराए ।
त्यस्तै उत्कृष्ट ४ समुहलाई पुरस्कृत कार्यक्रमको अवसरमा पारेर उत्कृष्ट ४ समुहलाई पुरस्कृत तथा सम्मान गरिएको छ । प्रथम केन्द्र नं. ०१ मेरो नारायणी महिला केन्द्र, दोश्रो केन्द्र नं. ०७४ मेरो सुनौलो महिला केन्द्र, तेश्रो मेरो फुलबारी महिला केन्द्र र सान्तोना केन्द्र नं. ०१०२ मेरो कोपिला महिला केन्द्र भएका थिए ।
उक्त ग्राहक सुनुवाइ कार्यक्रममा सहभागी सदस्यहरुले संस्थाले दिने विभिन्न सेवा,सुविधाहरु समयमा उपलब्ध गराइदिन र शाखा अन्तरगतका विभिन्न समूहमा आवद्ध सदस्यहरुलाई समय समयमा ज्ञान बढाउने सीपमूलक तालिम तथा प्रशिक्षणहरु प्रदान गर्न माग गरेका थिए ।
कार्यक्रममा बरिस्ठ कृषि बिध इन्द्र बहदुर ओलि, वडा प्रहरी कार्यालय लमहीका प्रहरी वरिष्ठ नायब निरीक्षक युबराज चन्द,मेरो माईक्रोफाइनान्स प्रदेश कार्यालय बनगाँऊ दाङका अधिकृत तर्कबहादुर रावल,अनुगमन अधिकृत अर्जुन पौडेल लगायतको आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा जिल्लामा रहेका विभिन्न केन्द्रका प्रमुख तथा सदस्यहरु गरी १२१ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका प्रतिनिधि रुपध्व खड्काले गरेका थिए ।
मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको परिचय:
विपन्न समुदाय तथा परिवारको आर्थिक, सामाजिक तथा चेतनास्तर उठाई उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित रुपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा सम्भाव्य उत्पादन एवं रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवं प्रवर्द्धन गर्ने कार्यका लागि सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो लघुवित्त सेवा उपलब्ध गराउनुका साथै आवश्यक पर्ने साधन,प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई वित्तीय पहुँचमा सहयोग पुऱ्याउने उद्देश्य लिएर मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. को स्थापना वि. सं. २०६९ कार्तिक २६ गते भएको हो ।
यो संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यसको अधिकृत पुँजी १.७५ अर्ब, जारी पूँजी र चुक्ता पुँजी १.४१९ अर्ब रहेको छ। यसका प्रवर्द्धक ७ वटा वाणिज्य बैंकहरु १ विकास बैंक र अन्य संस्थागत शेयरधनीहरु रहेका छन् ।
कानुनी मान्यता:
यस वित्तीय संस्था नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति वि.सं. २०६९ कार्तिक २६ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता (दर्ता नं. १०७२१४) भएको र नेपाल राष्ट्र बैंकबाट मिति २०७० आषाढ ३० गते वित्तीय कारोबार गर्ने स्वीकृति प्राप्त गरेपश्चात् नुवाकोट जिल्ला स्थित बट्टार शाखाबाट मिति २०७० श्रावण ३ गतेदेखि वित्तीय कारोबार प्रारम्भ गरेको हो।
वित्तीय संस्थाको कार्यक्षेत्र:
यस संस्थाको कार्यक्षेत्र नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७७ वटै जिल्ला रहेको छ । यस संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटमा रहेको छ ।
