
mbd
Sds
Gisld
Mbdvs
Pbu
Rbs

Rsb
Ksm
Wsp
Gst
Ggd
Bbu
Rgs
Vor
Ssm
Sls
Bbbpu
nsb
Rgu
Hal
Asm
Pvg
Sbs
Rgu
Tsm

Jmb
Mks
bbt
Bml
sab
Ptm
Rmb
Jmb
Syp
Gsb
Pls
Abd
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शुक्रार राप्ती गाउँपलिका वडा नम्बर २ बह्राखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बह्राखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै गएका थिए । उनीहरु राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट आयुशमानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो।
त्यस्तै घटनापछि आयुशमान राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए । त्यसपछि उनको उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया लगिएको थियो । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घाइते आयुशमानसँग सोधपुछ गर्दा सुरुमा केही नबताए पनि पछि उनीसँगै स्मिथ प्रधान रहेको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा थप टोली खटाइएको थियो ।
खोजतलासका क्रममा घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपी नालानजिक खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथ प्रधान मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा आफन्तहरु समेत पुगिसकेका छन् र कुटपिटमा संलग्न व्यक्तिहरु फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रारम्भिक जानकारीअनुसार आयुशमानलाई ‘देवीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामक फेसबुक मेसेन्जरमार्फत भेट्न बोलाइएको र त्यसपछि उनीहरु घरबाट निस्किएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।देशसञ्चार
