
Gisld
Pbu
Sds
Rbs
Mbdvs
mbd

Ggd
Vor
Rsb
Sbs
Ksm
Hal
Bbu
Pvg
nsb
Tsm
Asm
Rgs
Rgu
Wsp
Gst
Rgu
Sls
Ssm
Bbbpu

Rmb
Jmb
Syp
sab
Mks
Bml
Abd
Pls
Jmb
Rpp
Gsb
bbt
Ptm
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बन घुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा गयराति बोलेरोको ठक्कबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा लमही -६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पुर्ब दिशातर्फ आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति ११:५५ बजे मृत घोषणा गरेका थिए । बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै दुर्घटनापछि प्रहरी चौकी सतबरिया दाङबाट प्रहरी सहायक निरीक्षक रामसागर चौधरीको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।
त्यस्तै उक्त दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
