
Rbs
mbd
Sds
Pbu
Mbdvs
Gisld

Hal
Rsb
Ssm
Vor
Ggd
Sbs
Bbu
Rgu
Pvg
Asm
Wsp
Sls
Gst
Rgu
Rgs
Tsm
Bbbpu
Ksm
nsb

Syp
Rpp
Gsb
Mks
bbt
Bml
Abd
Ptm
sab
Jmb
Pls
Jmb
Rmb
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गढवा दाङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
“प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” लाई शान्त,निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पाण्डेयलाई प्रशंसापत्र प्रदान गरिएको जनाइएको छ ।
त्यस्तै चैत ७ गते कपिलवस्तु जिल्लामा धार्मिक विवादका कारण संवेदनशील अवस्था सिर्जना भएको समयमा उनले धैर्यता,संयमता तथा विभागीय नीति–निर्देशनअनुसार उच्च जिम्मेवारीका साथ खटिँदै सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम गर्न अनुकरणीय भूमिका खेलेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।
नवनिर्मित भवन उद्घाटनका लागि दाङ आएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक पाण्डेयलाई उक्त प्रशंसापत्र प्रदान गरेका हुन् । प्रहरी निरीक्षक पाण्डेयको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
