
Mbdvs
mbd
Sds
Gisld
Rbs
Pbu

Hal
Vor
Rgu
Tsm
Ksm
Wsp
Pvg
Ggd
Rgu
Bbu
Ssm
Bbbpu
Sls
Rgs
Gst
Asm
Sbs
Rsb
nsb

Pls
Abd
Ptm
Rpp
Jmb
sab
bbt
Mks
Gsb
Rmb
Syp
Bml
Jmb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई साइकल बितरण तथा छात्रबृत्ति सम्झौता गरिएको छ ।
जोन्टा क्लव काठमाण्डौ,रण—अम्विका शाह सेवा गुठी नेपाल तथा तारा ओरेन्टल संस्थाको सहयोगमा २६ जना छात्रा विद्यार्थीहरुलाई साइकल बिरतण गरिएको हो । विद्यालयदेखि टाढा घर भएका विद्यार्थीहरुलाई नियमित समयमै विद्यालय उपस्थितिमा सहयोग पूर्याउने उद्देश्यले कक्षा ६ देखि ९ सम्मका २६ जना छात्राहरुलाई साइकल बितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिए । यसैगरी शैक्षिक बर्ष—२०८३ का लागि २० जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई पठनपाठनमा सहयोग पूर्याउनका लागि छात्रबृत्ति बितरण गर्नका लागि सम्झौता समेत गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.रामबहादुर हमालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय,जोन्टा क्लव काठमाण्डौका सभापति विना राणा,उपाध्याक्ष मृदुला राजभण्डारी,सर्भिस कमिटिका अध्यक्ष समानता शाह,उपाध्यक्ष केमी गोर्खाली,नेतृत्व समितिका अध्यक्ष मिखा माथेमा,सरस्वती टोल बिकास संस्थाका अध्यक्ष मेघराज भट्टराई, विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले दाताको सहयोगले विद्यार्थीहरुलाई सहयोग पुग्नुका साथै गुणस्तरीय शिक्षाका लागि महत्वपूण योगदान पुगेको बताए । साथै कार्यक्रममा बोल्ने बक्ताहरुले यस प्रकारको सहयोग आगामी दिनमा पनि विद्यालयलाई हुने विश्वास ब्यक्त गरेका छन् । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले गरेका थिए ।

