
Lks
Rgp
Ggp
Asb
Usb
ksb
Dbs
Rgp
Rgp
Lnp
Rgp
Sgp
lnp
Jns
Dus
Ggp

kkc

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहीँ फागुन २१ को चुनावमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।
नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युद्धस्तरमा चुनावी अभियानमा खट्न निर्देशन दिए । उनले आफूहरूले देशको समस्या समाधान गर्नको लागि सुरुको दिनदेखि नै निर्वाचनको हुनुपर्ने अडान राखेको बताए । उनले भने, ‘आज सबै राजनीतिक दल निर्वाचनमा होमिएका छन्, अब सर्वदलीय सरकार, संसद् पुनर्स्थापनाका कुरा हराए । यसमा नेकपाले लिड गर्यो । र देश नै नेकपाको लाइनमा आएको छ।’
त्यस्तै उनले एमालेसँग १० सीटमा चुनावी तालमेल हुन लाग्यो भनेर प्रचार गरिएको त्यसमा सत्यता नभएको बताए । एक्लै अग्नि परीक्षामा होमिएको भन्दै निर्वाचन निष्पक्ष भए एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
