
Rbs
Anm
mbd
Gmk
Gisld
Ksm
Pbu
Sds
Mbdvs

Ksm
Rgu
Rsb
Hal
Tsm
Gst
Bbbpu
Ggd
Rgs
Vor
Sbs
Sls
Rgu
Bbu
Pvg
nsb
Ssm
Wsp
Asm

Syp
Gsb
Mks
sab
Ptm
Jmb
Bml
Jmb
Rmb
Abd
Rpp
Pls
bbt
दाङ । ज्ञान ज्योति मोडेल स्कुल लमहीको २९औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल राजु यादवको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि चौधरीले शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भूमिकालाई विशेष रूपमा जोड दिए । उनले “कक्षा कोठाको ड्राइभर भनेकै कक्षा शिक्षक हो” भन्दै शिक्षकले नै कक्षा कोठाको दिशा, गति र गन्तव्य निर्धारण गर्ने बताए ।
योग्य, अनुशासित र प्रेरणादायी शिक्षक बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उहाँको भनाइ थियो । उनले शिक्षामा पाठ्यक्रम मात्र होइन, विद्यार्थीको सोच, व्यवहार र चरित्र निर्माणमा शिक्षकको भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे । आजको प्रतिस्पर्धात्मक युगमा विद्यार्थीलाई सिर्जनशील,अनुशासित र आत्मनिर्भर बनाउन शिक्षकले कक्षा कोठाभित्र र बाहिर दुवै ठाउँमा मार्गदर्शन गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा ज्ञान ज्योति फाउन्डेसनका सिईओ सुरेन्द्र जिसीले ज्ञान ज्योति मोडेल स्कुल स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताए । उनले विद्यालयले केवल किताबी ज्ञानमा सीमित नरही व्यवहारिक, जीवनोपयोगी र नैतिक शिक्षामा समेत जोड दिँदै आएको उल्लेख गरे । शिक्षा भनेको व्यापार नभई समाज परिवर्तनको आधार भएको भन्दै उनले शिक्षालाई जिम्मेवारी र सेवाको रूपमा लिनुपर्ने धारणा राखे ।
लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशव लम्सालले ज्ञान ज्योति मोडेल स्कुलले स्थानीय तहमा शिक्षाको हवका रूपमा विकास हुने सम्भावना बोकेको बताए । उनले विद्यालयले विज्ञान र प्रविधिसँग शिक्षा जोड्ने प्रयास गरिरहेकोमा खुशी व्यक्त गर्दै, आगामी दिनमा प्रविधिमैत्री शिक्षालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सुझाव दिए ।
वक्ताहरुले शिक्षालाई केवल अंक र नतिजामा सीमित नराखी, विद्यार्थीको सीप,क्षमता र रुचिअनुसार विकास गर्नुपर्नेमा जोड दिए । आजको शिक्षा प्रणालीले व्यवहारिक ज्ञान,प्रविधि, नवप्रवर्तन र जीवन सीपलाई आत्मसात् गर्न नसके शिक्षा अधुरो हुने धारणा कार्यक्रममा व्यक्त गरियो।
कार्यक्रममा अभिभावकको अपेक्षा अनुसार विद्यालयले ज्ञानको ज्योति छर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । शिक्षालाई बिक्री गर्ने वस्तुका रूपमा नभई सेवा र सामाजिक उत्तरदायित्वका रूपमा अगाडि बढाउन सुझाव दिइयो। किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान,नैतिक शिक्षा,अनुशासन र संस्कारलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागी वक्ताहरुको जोड थियो।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विभिन्न कक्षा र विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुको उत्साह र अभिभावकहरुको सहभागिता उल्लेखनीय देखिन्थ्यो।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य तथा विभिन्न रचनात्मक प्रस्तुति राखेका थिए। विद्यार्थीहरुको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो भने विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगति झल्काएको थियो ।
विद्यालयका प्रिन्सिपल राजु यादवले कार्यक्रम समापनका अवसरमा बोल्दै ज्ञान ज्योति मोडेल स्कुललाई गुणस्तरीय, अनुशासित र प्रविधिमैत्री शैक्षिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षक,विद्यार्थी,अभिभावक र सरोकारवाला सबैको सहकार्यबाट मात्रै विद्यालयको समग्र विकास सम्भव हुने बताए ।
लेखा प्रमुख मधु न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ज्ञान ज्योति फाउन्डेसनका मिडिया कोडिनेटर सन्तोष केसी र शिक्षिका चमेली पुनले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
