
cjs
Sgr
pku
Djs
Rgp1
Srbpu
Unsku
Gfs
Pbu
Rgp
Ggp
Lnp
Ses
Pes

Ssm
nsb
Rgu
Tsm
Sbs
Ksm
Wsp
Rgu
Sls
Bbbpu
Vor
Rgs
Pvg
Asm
Bbu
Ggd
Rsb
Gst
Hal

Rpp
Bml
Mks
Ptm
Syp
Abd
Jmb
bbt
sab
Rmb
Jmb
Pls
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (Local Governance Performance Assessment System- LGPAS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
स्थानीय तहको समग्र कार्यसम्पादनलाई प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु,शाखा प्रमुख तथा कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई एउटै मञ्चमा राखी मूल्याङ्कन प्रणालीबारे साझा बुझाइ विकास गर्ने उद्देश्य राखिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको अवधारणा,उद्देश्य तथा प्रयोगात्मक पक्षबारे जानकारी गराएका थिए । उनले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता,जवाफ देहिता तथा संस्थागत क्षमता अभिवृद्धि गर्न एलजी पास प्रणाली महत्वपूर्ण प्रणालीका रुपमा रहेको उल्लेख गरे । यस प्रणालीले स्थानीय तहका सबल पक्ष र कमजोरी पहिचान गरी सुधारका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने उनको भनाइ रहेको छ ।
कार्यक्रममा एलजी पास प्रणालीअन्तर्गतका विभिन्न सूचकहरु,हालको कार्यसम्पादन अवस्था,आवश्यक तथ्यांक संकलन विधि,प्रमाणिकरण प्रक्रिया तथा मूल्याङ्कन विधिबारे विस्तृत प्रस्तुतीकरण तथा छलफल गरिएको थियो । सूचकहरु कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने विषय,अभिलेखीकरणको महत्व तथा समयमै तथ्यांक अद्यावधिक गर्नुपर्ने आवश्यकता माथि समेत प्रकाश पारिएको थियो ।
यस प्रणालीमार्फत गाउँपालिकाको प्रशासनिक,आर्थिक, सामाजिक तथा सेवा प्रवाहसँग सम्बन्धित समग्र कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन हुने अपेक्षा गरिएको छ । त्यस्तै मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा सेवा सुधार,योजना तर्जुमा तथा नीतिगत निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एलजी पास प्रणालीले स्थानीय सरकारलाई अझ उत्तरदायी,पारदर्शी र परिणाममुखी बनाउने धारणा व्यक्त गरेका थिए । उनले यस्ता अभिमुखीकरण कार्यक्रमहरुले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्यसम्पादनप्रति थप जिम्मेवार बनाउँदै गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
