
Rgp
Pbu
Lnp
Sgr
Djs
Gfs
Rgp1
cjs
Srbpu
Unsku
Pes
Ses
Ggp
pku

Wsp
Rgu
Rgu
Asm
Pvg
Ksm
Rgs
Bbbpu
Vor
Rsb
Gst
Sbs
Tsm
Hal
Ssm
Ggd
nsb
Bbu
Sls

Pls
Jmb
Rpp
Abd
Ptm
Rmb
sab
Bml
Gsb
bbt
Syp
Mks
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरुको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता,संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरु कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता आजको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
उनले नागरिक स्वतन्त्रता,राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा,संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवस देश र जनताको हितका लागि प्राण आहुति दिने वीर सहिदहरुको संघर्ष, त्याग र बलिदानको स्मरण गर्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रुपमा स्थापित गर्दै स्वाधीन, समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि सहिदहरुले गरेको बलिदानको सम्मानस्वरुप हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको स्मरण गरेका छन् । सहिदहरुले देखेका सपना साकार पार्न तीन तहका सरकार,राजनीतिक दल, नागरिक समाज र आम नागरिकले साझा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले आज प्राप्त भएका सबै राजनीतिक,सामाजिक र संवैधानिक उपलब्धिहरु सहिदहरुको संघर्षकै परिणाम भएको बताएका छन् ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार महान् सहिदहरुको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र समृद्ध प्रदेश निर्माणमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सहिदहरुको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सामाजिक न्याय,विकास र समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको विश्वास छ ।
