
Djs
Rgp1
Lnp
Gfs
Pes
Unsku
Ses
Ggp
Rgp
Pbu
pku
cjs
Srbpu
Sgr

Sbs
Ggd
Ksm
Hal
Rsb
Bbu
Rgu
Ssm
Rgs
Asm
Sls
nsb
Pvg
Rgu
Bbbpu
Gst
Tsm
Wsp
Vor

sab
Ptm
Rpp
Syp
Bml
Rmb
Pls
bbt
Abd
Jmb
Jmb
Gsb
Mks
दाङ । देउखुरीको लमही नगरपालिका पशु उपशाखा कार्यालय बिहीबार आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
सो कार्यालयको उद्घाटन लमही नगरपालिका प्रमुख जोगराज चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पशुपालन क्षेत्र नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार भएको बताउँदै अब कृषकले आवश्यक सेवा स्थानीय तहमै सहज रूपमा पाउने विश्वास व्यक्त गरे । उनले पशु उपचार,खोप,परामर्श तथा प्राविधिक सहयोगमार्फत कृषकको आयस्तर बढाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले महिलाहरुको सहभागिता बढ्दै गएको पशुपालन व्यवसायलाई थप प्रोत्साहन गर्न नगरपालिका विभिन्न कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले कृषकको समस्या समाधानमा यो कार्यालय महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरिन् । स्थानीय किसानलाई आधुनिक पशुपालन प्रविधि अपनाउन आग्रह गर्दै यसले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही नगरपालिकाको पशु उपशाखा कार्यालय सञ्चालनमा आएसँगै पशुपालक किसानलाई सेवा लिन सहज हुने बताएका छन् । उनले अब पशु स्वास्थ्य,उपचार,खोप, प्राविधिक परामर्श तथा पशुजन्य उत्पादनको प्रवर्द्धन सम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध हुने उल्लेख गरे ।
त्यस्तै उनले लमही नगरपालिकामा कृषिसँगै पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै किसानको आयआर्जन बढाउने लक्ष्यसहित यो कार्यालय स्थापना गरिएको जानकारी दिए । पशुपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन नगरपालिकाले आवश्यक बजेट, जनशक्ति तथा प्रविधिको व्यवस्था गर्दै जाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । साथै सेवा लिन आउने सबैलाई सहज, पारदर्शी र प्रभावकारी ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले लामो समयदेखिको माग पूरा भएको भन्दै अब पशु सम्बन्धी सेवाका लागि टाढा जानु नपर्ने अवस्था आएको बताए । उनले यस कार्यालयले गाउँस्तरमै सेवा पुर्याएर कृषकको समय र खर्च दुवै बचत हुने बताए ।
कार्यक्रममा बोल्दै कृषक सुरेन्द्र खड्काले पशु उपचार र प्राविधिक सल्लाहका लागि धेरै समस्या भोग्नुपरेको स्मरण गर्दै अब उपशाखा कार्यालय संचालनमा आएपछि पशुपालन पेशा थप व्यवस्थित र व्यावसायिक बन्ने आशा व्यक्त गरे ।
नयाँ पशु उपशाखा कार्यालय संचालनमा आएसँगै लमही नगरपालिकाका कृषकलाई पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा व्यवसायिकरणमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल,वडा नम्बर ५ क वडा अध्यक्ष ओम प्रसाद सुवेदी,कार्यपालिका सदस्य तुलसा विक,देवा परियार,सुनिता चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पशु शाखा प्रमुख शिवराज न्यौपानेले सहजीकरण गरेका थिए ।
