
Lnp
Ggp
lnp
Lks
Usb
Sgp
Rgp
ksb
Ggp
Jns
Dus
Rgp
Asb
Rgp
Rgp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट स्थित दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको पहलमा उक्त पुल निर्माण अघि बढाइएको हो । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटदेखि वडा नम्बर ९ देविकोट हुँदै बङ्गलाचुली जोड्ने गणतन्त्र मार्ग अन्तर्गत पर्ने दाेलाई खोलामा लुम्बिनी प्रदेश सरकारको ५ करोड २६ लाख ७३ हजार ४ सय ५३ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको छ।
पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहने जनाइएको छ । बहुवर्षीय ठेक्काका रुपमा नारायणम निर्माण सेवा प्रा.लि. नेपालगन्जले पुल निर्माणको जिम्मा लिएको हो।
निर्माण कम्पनीले २०८२ मंसिर १४ गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ । सम्झौता अनुसार १६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समय अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको निर्माण व्यवसायी कृष्ण गिरीले जानकारी दिए ।
प्रदेशसभा सदस्य इन्द्रजित थारुले पुल निर्माणका लागि बहुवर्षीय बजेट विनियोजन गरिएको बताउँदै योजनाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर अनुगमन भइरहेको बताए । संघीय सरकारको बजेटको अपेक्षामा केही ढिलाइ भएपनि प्रदेश सरकारको पहलमा अहिले निर्माण कार्य अघि बढेको उनले बताए ।
यसैक्रममा प्रदेशसभा सदस्य थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मंगलबार संयुक्त रुपमा पुल निर्माण स्थलको स्थलगत अनुगमन गर्दै निर्धारित मापदण्डअनुसार गुणस्तरीय सामाग्रीकाे प्रयोग गरि तोकिएको समयसीमाभित्र काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
यसअघि पुल नहुँदा वर्षायाममा दाेलाई खोलामा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । पक्की पुल निर्माणपछि राप्ती गाउँपालिका वडा नम्बर ४ र ९ का स्थानीयवासीसँगै बङ्गलाचुली गाउँपालिकाका नागरिकलाई समेत यातायातमा सहजता हुने अपेक्षा गरिएको छ।
यसैगरी,प्रदेशसभा सदस्य थारुकै पहलमा सोही खोलामा वडा नम्बर ५ र ६ जोड्ने पहरुवा– पत्थरगढवा र वडा नम्बर ८ र ४ जोड्ने बिजौरी–नयाँगाउँ जोड्ने पक्की पुल निर्माण कार्य भई रहेको छ ।
