
Ses
Unsku
Pbu
Ggp
Srbpu
Gfs
pku
Rgp1
Sgr
Pes
Rgp
cjs
Lnp
Djs

Sbs
Rsb
Ksm
Ssm
Bbbpu
Bbu
Hal
Vor
Rgs
Rgu
Asm
Ggd
Pvg
Sls
Tsm
Gst
Wsp
nsb
Rgu

Rpp
Abd
Jmb
Bml
Rmb
Gsb
Pls
Mks
Jmb
sab
Ptm
bbt
Syp
बाजुरा । केही दिनदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण त्यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण त्यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो ।
केही दिन यता बाहिर बाक्लो हिमपातका कारण त्यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए । उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ ।’
पाडी गाउँ त्यहाँको हिमाली भेग मुनी भएकोले र त्यहाँ थोरै पानी पर्ने वित्तिकै बाक्लो हिमपात पर्ने भएकोले अहिले त्यहाँका बयोवृद्ध बालबालिका र दमका बिरामीहरु प्रभावित हुने गरेको रावतले बताए । बाजुरामा लगातार परेको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित हुने गरेको भएपनि यत्यहाँका किसानले लगाएको हिउँदेबालीलाई भने राहत भएको छ ।
जिल्लामा परेको लामो समय खडेरीका कारण त्यहाँका किसानले लगाएको त्यो हिउँदेबाली गहुँ,जौ र तरकारीबालीलाई राहत भएको हो । ‘त्यहाँ सिचाइको सुविधा छैन । हामी सधैँ आकासे पानीको भरमा हिउँदे खेती लगाउँने गर्छौं । पानी परेपछि त्यो बाली राम्रो हुन्छ । पानी नपरेपछि भने त्यो सबै सुक्छ । यती बेला पानीसँगै बाक्लो हिउँ परेपछि त्यो बालीलाई भने निकै राहत भएको छ।’ हिमाली गाउँपालिका सथनीय जोगा रोकायले भने ।
त्यस्तै उनका अनुसार कात्तिकदेखि माघको महिलो सातासम्म पानी नपरेपछि हिउँदे खेती सुक्छ। अनी वर्खाको समय के खाने भन्ने निकै चिन्ता भएको थियो । यतीबेला माघ १० गते रातीदेखि बाक्लो हिमपात परेपछि अब त्यो हिउँदे बालीलाई राहत भएको छ । बाक्लो हिउँ परेपछि गहुँमा लाग्ने किरा समेत मर्ने र सिचाइको पनि आवश्यक नपर्ने भएकोले अब यो वर्ष हिउँदेबाली सप्रिने आश भएको रोकायाले बताए ।
बाजुरामा केही दिन यता लगातारको हिमपातले दल र उम्मेदवारहरुको चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम पनि प्रभावित बनेको छ । हिमाली भेगका गाउँ बस्ती बाक्लो हिमपातले छापिएपछि त्यहाँका राजनीतिक दललाई ती गाउँ बस्तीमा गएर चुनावी प्रचारप्रसार गर्न समस्या भएको हो ।
यस्तै त्यहाँका धेरै गाउँ बस्तीमा यती बेला विभिन्न दलका नेता तथा कार्यकर्ता आएर चुनावी प्रचार प्रसार गर्दै आएका छन् । गत शुक्रबारदेखि गाउँमा बाक्लो हिमपात परेकोले अहिलेसम्म त्यहाँ कोही दलका उम्मेदवार आउने नगरेको रावलले बताए ।दिनेशखबर
