
Djs
Pbu
Rgp
cjs
Gfs
Rgp1
pku
Sgr
Pes
Unsku
Lnp
Ses
Ggp
Srbpu

Ksm
Hal
Sls
Pvg
Vor
Rgu
Ggd
Ssm
Rgu
Rgs
Sbs
Wsp
Bbbpu
Tsm
Gst
Asm
nsb
Bbu
Rsb

Abd
Pls
Ptm
Rpp
sab
Jmb
bbt
Jmb
Gsb
Mks
Bml
Rmb
Syp
दाङ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखाले लमही बजार क्षेत्रमा रहेका विभिन्न व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गरेको छ ।
बैंक,सुनचाँदी पसल,मिष्ठान भण्डार,कन्सल्टेन्सी, फेन्सी पसल,किराना पसल,जुत्ता–चप्पल पसल, गेष्ट हाउस लगायतमा अनुगमन गरिएको हो ।
शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार अनुगमनका क्रममा ती व्यवसायहरु दर्ता तथा नविकरण भएको–नभएको विषयमा जानकारी संकलन गरिएको हो । दर्ता नविकरण नगरी सञ्चालनमा रहेका पसल तथा फर्महरुलाई समयमै प्रक्रिया पूरा गर्न सचेत गराइएको उनले बताए ।
त्यस्तै अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखा प्रमुख शिवराज न्यौपाने, सदस्यहरु कमल विसी र नरेन्द्र गुप्ता,लमही चेम्बर अफ कमर्सका महासचिव नारायण भुसाल, सह–कोषाध्यक्ष सपना पाण्डे,वडा प्रहरी कार्यालय लमहीका प्रतिनिधि तथा नगर प्रहरीको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा धेरैजसो पसलहरु दर्ता नविकरण नगरी सञ्चालन गरिएको पाइएको शाखाले जनाएको छ । नगरपालिकाले बजार व्यवस्थापनलाई व्यवस्थित र उपभोक्ताको अधिकार सुरक्षित गर्न यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ ।
