
Ggp
Pbu
Djs
Sgr
Pes
cjs
Lnp
Unsku
Rgp1
Ses
pku
Gfs
Srbpu
Rgp

Rsb
Rgs
Pvg
Wsp
Hal
Vor
Tsm
Bbu
Asm
Rgu
Ssm
Ksm
Sbs
Rgu
Gst
Bbbpu
nsb
Sls
Ggd

Jmb
Ptm
Gsb
Mks
Rpp
Jmb
Syp
Pls
Abd
sab
Bml
bbt
Rmb
दाङ । भारतीय नागरिकलाई नक्कली कागजात बनाएर नेपाली नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र इप्रका प्रमुख सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजको नागरिकता दिलाइएको थियो ।
जोल्हालाई नेपाली नागरिकता दिलाउन २०३८ साल माघ १५ गते मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको मिति सच्याएर २०४१ बनाइ आलमलाई सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्मिएको भनी नक्कली जन्मदर्ता बनाइएको थियो ।
त्यस्तै अख्तियारले तत्कालीन इप्रका प्रमुख खवास, वडा अध्यक्ष रामेश्वर,वडा सचिव र कार्यालय सहायक राजेशकुमार कहार र मीना चौधरी र नागरिकता लिने आलम र झुटो सनाखत गर्ने मतियारका रुपमा आएसा जोल्हामाथि मुद्दा चलाएको हो ।
यस्तै अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७५ मंसिर २८ गते ५२-०६-७५-०३८२६ नम्बरको नागरिकता प्रमाणपत्र जारी गरिएको थियो । नेपालप्रेस
