
Dus
Rgp
Usb
Rgp
Ggp
Sgp
Rgp
Ggp
Asb
Lks
Lnp
Rgp
Jns
ksb
lnp

lms

जनकपुर । जनकपुरधाममा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभाका कारण भिडभाड भएको समयमा जनकपुरको गंगासागर पोखरीको डिलमा अन्दाजी ५० वर्षीय नाम नखुलेका पुरुषमाथि चक्कु प्रहार गरिएको हो ।
त्यस्तै घटनापछि स्थानीयवासीहरुले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घाइते पुरुषलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
