
dsbus
Pbu
Ssbus
syysr
Bksbus5
Gsl
Csbus
Gsbus
Syees
Nssbus7
Rbs
Jsbus
Ratbs
Ddhbs
gms
Amb

Asm
Rgu
Pvg
Bbbpu
Wsp
Gst
Bbu
Rgu
Rsb
Sls
Ssm
Tsm
Vor
nsb
Hal
Sbs
Ksm
Rgs
Ggd

Jmb
bbt
Gsb
sab
Ptm
Rpp
Pls
Jmb
Bml
Mks
Rmb
Syp
Abd
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश बहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो । रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा रुकुम पश्चिमबाट प्रेमबहादुर बोहोरा,सिर्जना ओली ‘सिज्जू’ र हुम्लाबाट टासी ल्हान्जोमको नाम थियो ।
त्यस्तै सिज्जुले आफ्नो नाम फिर्ता लिएकी थिइन् भने टासीको नाम भूराजनीतिक कारण भनेर रास्वपाले नै हटाइदिएको चर्चा छ । सार्वजनिक बन्दसूचीमा भने कर्णालीका ५ जना समावेश भएका छन् । रास्वाको बन्दसूचीमा जेनजी घाइते बोहोरा, कालिकोटका पवन शाही, रुकुम पश्चिमका बोहोरा र सुर्खेतमा हिरालाल बादी र सीता बादीको नाम समेटिएको छ ।
यस्तै दैलेख नारायण नगरपालिका वडा नम्बर-८ का बोहोरा जेनजी आन्दोलनमा घाइते भएका थिए । उनको रक्ताम्य एउटा जुत्ता जेनजी आन्दोलनको ‘आइकन’कै रुपमा चर्चित भएको थियो । २३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा उनलाई गोली लागेको थियो । प्रकाश अझै अस्पतालमै रहेका छन् ।रातोपाटी
