
Sgp
Ggp
Rgp
Dus
Rgp
Lks
Rgp
ksb
lnp
Usb
Jns
Asb
Lnp
Ggp
Rgp

lms

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश बहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो । रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा रुकुम पश्चिमबाट प्रेमबहादुर बोहोरा,सिर्जना ओली ‘सिज्जू’ र हुम्लाबाट टासी ल्हान्जोमको नाम थियो ।
त्यस्तै सिज्जुले आफ्नो नाम फिर्ता लिएकी थिइन् भने टासीको नाम भूराजनीतिक कारण भनेर रास्वपाले नै हटाइदिएको चर्चा छ । सार्वजनिक बन्दसूचीमा भने कर्णालीका ५ जना समावेश भएका छन् । रास्वाको बन्दसूचीमा जेनजी घाइते बोहोरा, कालिकोटका पवन शाही, रुकुम पश्चिमका बोहोरा र सुर्खेतमा हिरालाल बादी र सीता बादीको नाम समेटिएको छ ।
यस्तै दैलेख नारायण नगरपालिका वडा नम्बर-८ का बोहोरा जेनजी आन्दोलनमा घाइते भएका थिए । उनको रक्ताम्य एउटा जुत्ता जेनजी आन्दोलनको ‘आइकन’कै रुपमा चर्चित भएको थियो । २३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा उनलाई गोली लागेको थियो । प्रकाश अझै अस्पतालमै रहेका छन् ।रातोपाटी
