Sidha Patra शनिबार, माघ ०३, २०८२

रुकुमपश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाँउपालिका वडा नम्बर –१,का ७४ वर्षका गणेशबहादुर कामिले ६५ वर्षका श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरिप्रसाद पुनका अनुसार पम्फालाई उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । गणेशले श्रीमती पम्फालाई टाउको र हातमा सनाटोले हानेर घाइते बनाएपछि हिजो शुक्रबार हपरान्ह साढे ४ बजेतिर बुहारी सिर्जना विकले उपचारका लागि जिल्ला अस्पताल सल्ले लगेको उनले बताए ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि हिजो शुक्रबार बेलुकी साढे ७ बजेतिर नेपालगंज पठाएकोमा साढे ८ बजेतिर बाटोमा मृत्यु भएको प्रहरी निरिक्षक पुनले जानकारी दिए । गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण आफ्नै श्रीमती पम्फालाई कुटपिट गरेको उनको भनाई छ । उनका अनुसार गणेशलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]